बराहक्षेत्र नगरपालिका वडा न : ३ का ५५ वर्षीय रामप्रसाद लिम्बु प्रहरी को गोलि लागी घाइते भएका छ्न
लिम्बू दैनिक ज्यालामजुरी गरेर परिवार पाल्ने सर्वसाधारण हुन्।

शनिबार साँझ च्याउ खोज्न गएका लिम्बु जंगलबाट फर्किने क्रममा सादा पोसाकमा खटिएका प्रहरीले गोली हानेपछि गम्भीर घाइते बनेका छन्। घाइते लिम्बु लाई अहिले बि : पि: कोइराला स्वास्थ बिज्ञान प्रर्तिठान धरान घोपा मा उपचार भैईरहेको छ ।
घटनापछि महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय चक्रघट्टी प्रहरी चौकि विवादमा तानिएको छ।
घटनाबारे जानकारी दिँदै वडा सदस्य ध्वजवीर लिम्बूले भने, “साँझ ७ बजेतिर जंगलबाट निस्किँदै गर्दा रामप्रसादको ४–५ जना समूह अपरिचित युवासँग जम्क भेटभएको थियो।
त्यहीबेला सादा पोसाकका प्रहरीले गोली चलाउँदा निहत्था रामप्रसाद घाइते भएका हुन ।”
उनको पिँडुलामा गोली लागेको छ र अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।
घटनास्थलमा प्रहरीको “एम्बुसिङ” थियो भन्ने दाबी प्रहरीको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार, “रामप्रसाद लिम्बूले खुकुरी निकालेर प्रहरीमाथि प्रहार गर्न खोजेपछि आत्मरक्षार्थ गोली चलाउनु परेको बताएका छन ।” प्रहरीका अनुसार घटनास्थलबाट खुकुरी, खन्ती, आरा जस्ता औजार बरामद गरेको छ।
तर, रामप्रसादको परिवार, छिमेकी र स्थानीय जनप्रतिनिधिहरूले उनको साथमा कुनै हतियार नभएको दाबी गर्दैई आएका छन्।
“प्रहरीले खुकुरी प्रहारको बहाना बनाए पनि रामप्रसादसँग त्यो बेला एउटा प्लास्टिकको झोला बाहेक केही थिएन,” वडा सदस्य लिम्बूले स्पष्ट पारे।
घटनापछि स्थानीयबासी र जनप्रतिनिधिहरू आक्रोशित छन्। उनीहरूले “काम देखाउने हतारोमा” निहत्था नागरिकमाथि गोली चलाएको भन्दै प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। घटनासँग गाँजा वा काठ तस्करीको सम्बन्ध देखिए पनि प्रहरीले हालसम्म त्यससम्बन्धी प्रमाण सार्वजनिक गर्न सकेको छैन।
घटनालगत्तै प्रहरीले रामप्रसादलाई लागुऔषध तस्करको संलग्नता देखाएको थियो, तर पछि आएर काठ तस्करीको अभियोग थोपरेको छ। प्रहरीको यस्ता बदलिँदो बयान र प्रमाणविहीन आरोपले घटनालाई ढाकछोप गर्न खोजिएको आशंका जनाइएको छ। “प्रहरीले गल्ती ढाकछोप गर्न रामप्रसादलाई जबर्जस्ती ‘मैले खुकुरी बोकेको थिएँ’ भन्न लगाइरहेको छ,” एक स्थानीयले बताए।
वडाध्यक्ष राजदीप लामाले घटना हुँदा आफू बाहिर रहेको बताउँदै अनुसन्धान चलिरहेकोले तत्काल टिप्पणी गर्न नमिल्ने बताए। तर, प्रारम्भिक जानकारी अनुसार रामप्रसाद न त काठ तस्कर हुन् न गाँजा कारोबारी।
इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख इन्स्पेक्टर दिवश कुँवरले रामप्रसादको साथमा जहिल्यै खुकुरी हुने दाबी गर्दै गोली आत्मरक्षाका लागि चलाएको बताए।
(प्रदेश खबर बाट साभार )