चौथो संस्करणको वराहक्षेत्र मेयर लिग कप फुटबल आज बाट सुरु भएको छ । पहिलो खेलमा : वडा नं १० को विजयी ।बराह सेरोफेरो / चक्रघट्टी वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ बसन्त ऋतु खेलमैदानमा चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १० विजयी भएको थियो । खेल वडा नम्बर ११ र १० को भएको थियो वडा नं ११ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं १० विजयी भएको छ ।जितसँगै वडा नं १० ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गर्दै पराजित भएको वडा नं ११ भने प्रतियोगिताको नकआउट…
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो ।
बराहक्षेत्र सुनसरी । बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले आयोजना गरेको वक्तित्वकला प्रतियोगिता र चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम जनहित कलब को सभा हलमा आज सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अथिती नगर प्रमुख रमेश कार्की विशिष्ट अथिती नगर उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तम राज भारती लगायत विद्यालयका शिक्षक अबिभावक हरुको उपस्थितिमा भएको थियो । वक्तित्वकला प्रतियोगितामा आधारभुत ( कक्षा ६-८) तह तर्फ २९ वटा बिद्यालयका विद्यार्थी हरुले भाग लिएको थिए । र माध्यमिक (कक्षा ९-१० ) तहतर्फ २१ वटा बिद्यालयको सहभागिता…
साउथ अस्ट्रेलियामाथि नेपालले जित निकालेकाे छ। आज अस्ट्रेलियामा भएको खेलमा साउथ अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी भएको हो। ४५ ओभरको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो। साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन बनाए। नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए। यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।
महेन्द्र सिंह धोनीः भारत भारतीय खेलाडी महेन्द्र सिंह धोनीको नाम शीर्ष स्थानमा छ । उनले २००७ देखि २०१८ सम्म कुल ३३२ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका थिए। यस अवधिमा उनले १७८ खेल जितेका थिए भने १२० खेलमा हार बेहोरेका थिए भने १५ खेल बराबरीमा टुंगिएको थियो। कप्तानको रूपमा धोनीको करियरमा जीतको प्रतिशत ५३.६१ प्रतिशत थियो। यति मात्र होइन, धोनीको कप्तानीमा भारतले २००७ को टी–२० विश्वकप, २०११ ओडीआई विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेको थियो। रिकी पोन्टिङः अस्ट्रेलिया दोस्रो स्थानमा अस्ट्रेलियाका महान कप्तान रिकी पोन्टिङ छन्, जसले २००२ देखि २०१२ सम्म ३२४ खेलमा कप्तानी गरेका थिए। कप्तानको रूपमा पोन्टिङको कीर्तिमान उत्कृष्ट रहेको थियो।…
१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले जिम्बाव्वेमा हुने आईसीसी विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्समा पुग्ने रहेको बताएका छन् । जिम्बाव्बेमा जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगिसकेको छ र बिहीबार प्रशिक्षण पनि गरेको छ । ‘विश्वकप छनोट फरक प्रतियोगिता हो र यो ठूलो प्रतियोगिता पनि हो । विगमा हामीले जुन सफलता पाएका छौं । पछिल्लो समय राम्रो क्रिकेट खेलिराछौँ र त्यसलाई निरन्तरा दिनुपर्छ,’ नेपाल क्रिकेट संघले बिदाइ गरेपछि शाहीले भनेका थिए, ‘जुन किसिमले नेपाली क्रिकेटप्रेमीहरुले नेपाललाई समर्थन गर्नुभएको छ त्यसमा हामी खरो…
काठमाडौँ । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले तीन खेलको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए ।…
काठमाडौं । विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ । जिल्ला अदालतको सुनुवाइ निरन्तर सर्दै गएपछि सन्दीप लामिछानेलाई भने ‘लिगल टीम’ ले नपठाउने निणर्य गरेको छ । दक्षिण अफ्रिका भ्रमणबाट छुटेका लामिछानेले नेपाली राष्ट्रिय टीमलाई दुई दिनअघि शुभकामना दिँदै शुभयात्रा लेखेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ दिएका थिए । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिकाअनुसार नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसअघि, बुधबार दक्षिण अफ्रिका पुगेको नेपाली टीमले…
काठमाडौं । टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम मलेसियाविरुद्ध ७ विकेटले विजयी भएको छ । मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै १ सय ३ रन बनायो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अलराउन्ड प्रदर्शन गरिन् । ४ ओभर बलिङ गर्दा १६ रन खर्चिएर दुई विकेट लिएकी उनले अविजित २९ रन जोडिन् । टस जितेर ब्याटिङ थालेको मलेसियाका लागि ओपनर विनिफ्रर्ड दुराइसिनगाम र वान जुलियाले समान २० रन योगदान गरे । मास इलेसाले सर्वाधिक २८ रन र ऐन्ना हमिज हसिम १४ रनमा अविजित रहिन् । नेपालका…