सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ७ वटा जारी गरेका छन् । आइतबार अपराह्नसम्म उनले ७ वटा अध्यादेश जारी गरे भने एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका छन् । सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला ४ दिनमा राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका छन् । उनले यसबारे संविधानविद्हरूसँग पनि परामर्श लिएका थिए ।
कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी छन् ।
चौथो संस्करणको वराहक्षेत्र मेयर लिग कप फुटबल आज बाट सुरु भएको छ । पहिलो खेलमा : वडा नं १० को विजयी ।बराह सेरोफेरो / चक्रघट्टी वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ बसन्त ऋतु खेलमैदानमा चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १० विजयी भएको थियो । खेल वडा नम्बर ११ र १० को भएको थियो वडा नं ११ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं १० विजयी भएको छ ।जितसँगै वडा नं १० ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गर्दै पराजित भएको वडा नं ११ भने प्रतियोगिताको नकआउट…
२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई लोकतन्त्र दिवसको महत्व थपिएको छ। आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले…
सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ। १ घण्टाअघि मात्र परिवारले शव बुझेको डिएसपी मोहन बुढथापाले जानकारी दिए। इनिशाको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थियो। बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ। परिवारले २७ दिनपछि इनिशाको शव बुझेको हो। विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएसँगै परिवारले शव लैजान मानेको हो। ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा…
बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार १३ अर्ब १८ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँमा पुगेको छ। सदिन ३३५ वटा धितोपत्रको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच भएको हो।
आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५ औं स्थापना दिवसको अवसरमा प्याब्सन वराहक्षेत्र नगर कार्य समितिले एक औपचारिक कार्यक्रम आयोजना गरी बराहक्षेत्र नगर अस्पताल लाई दुई थान बिरामी प्रतिक्षालय हस्तान्तरण गरेको छ। प्याब्सन बराहक्षेत्र नगर कार्य समितिको अध्यक्ष खेमराज दुमी राई ज्यूको सभा अध्यक्षता नगर अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष तथा वराहक्षेत्र नगर उपप्रमुख नन्द कुमारी सुनुवार ज्यूको प्रमुख आतिथ्यतामा अस्पताल निमित प्रमुख दिवस विष्ट , स्वस्थ शाखा प्रमुख डा धनराज यादव ,मेडिकल अधिकृत चिर्नबिजी बस्नेत को उपस्थिति रहनु भएको थियो । हरेक वर्ष प्याब्सन स्थापन दिवसको अवसरमा प्याब्सन ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको…
सुनसरी जिल्ला बराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन आज सम्पन्न ।संस्थाका अध्यक्ष शरण कुमार लिम्बूको सभाध्यक्षता र पूर्वका प्रख्यात गजलकार विवश बलिभद्र कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम राखिएको थियो।स्वर्णिमद्वारा मानन्धर अभागीको एकल गजल वाचन र संस्थासँग सम्झौता सम्पन्न गरिएको छ । अतिथिगणलाई संस्थाका उपाध्यक्ष लक्ष्मण कटुवालले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।कार्यक्रममा स्वर्णिम साहित्य समाजका भावि कार्यक्रमलाई सफल पार्न बराहक्षेत्रमा रहेको प्याब्सन र चतरामा रहेको लिङ्क प्रेसबित सम्झौता गरिएको छ।संस्थाका अध्यक्ष शरण कुमार लिम्बू र प्याब्सन बराहक्षेत्रका सचिव अवियोग राई र लिङ्क प्रेसका सञ्चालक विश्व राईले सम्झौता हस्ताक्षर गरेका छ्न ।प्याब्सन बराहक्षेत्रले १ वर्ष र…
बराहक्षेत्र सुनसरी । निलगाई मृत फेला।बराहक्षेत्र नगरपालिका वडा न: ७ क्याम्पाचाैरी जंगलमा निलगाई मृत फेला परेको छ। स्थानियले घास दाउरा खोज्न जादा क्याम्पाचाैरी जंगल भित्र निलगाई मृत अबस्थामा फेला पारेका थिए । मृत निलगाईको ब्यवस्थापनको लागि बन कार्यालयका नडाहका कर्मचारीलाई खवर गरीएको बराहक्षेत्र ७ नं वडाका वडाध्यक्ष कपिल आचार्यले बताएका छन ।