चौथो संस्करणको वराहक्षेत्र मेयर लिग कप फुटबल आज बाट सुरु भएको छ ।
पहिलो खेलमा : वडा नं १० को विजयी ।
बराह सेरोफेरो / चक्रघट्टी

वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ बसन्त ऋतु खेलमैदानमा चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १० विजयी भएको थियो ।
खेल वडा नम्बर ११ र १० को भएको थियो वडा नं ११ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं १० विजयी भएको छ ।
जितसँगै वडा नं १० ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गर्दै पराजित भएको वडा नं ११ भने प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको छ ।
खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा नं १० का विपिन कार्की म्यान अफ द म्याच घोषित भए सँगै उनले नगद २ हजार ५ सय नगद सहित ट्रफी प्राप्त गरेका थिए ।

नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यको सभाध्यक्षता बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की ज्युको प्रमुख आतित्य रहेको थियो ।
विशिष्ट अतिथि नगर उप प्रमुख नन्दकुमारी सुनुवार राई प्रशासकीय अधिकृत राधिका गिरी सुनसरी जिल्ला फुटबल सङ्घका वरिष्ठ उपाध्यक्ष भेषराज कार्की कार्यपालिका सदस्य सशस्त्र प्रहरी बल चतरा बेसक्यामका प्रमुख महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रमुख दिवस कुमार वडा सदस्य धनबहादुर तामाङ मेनुका लिम्बु अम्बिका दर्नाल लगायतको उपस्थिति मा कार्यक्रम नगर प्रमुख कार्की ज्यूले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो।
कार्कीले खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारा सहितको चौथो मेयर लिग कप फुटबल प्रतियोगिता वैशाख११ देखि २५ गतेसम्म सञ्चालन हुनेछ भने र प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार , उपविजेताले १ लाख १ हजार , तेस्रो हुने टिमले ५१ हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्य जानकारी दिएको छन्
प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय र विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार , सर्व उत्कृष्ट खेलाडीले २१ हजार , उच्च गोलकर्ताले ११ हजार , अनुसासित टिमले १० हजार प्राप्त गर्नेछन् ।