बराह सेराेफेराे

विचार/ब्लग

नेपाली सिनेमा लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

नेपाली सिनेमा लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो । २३ वैशाख । चलचित्र लालीबजार प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो । ‘…रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’ आदेशमा उल्लेख छ ।
राष्ट्रपतिले जारी गरे ७ अध्यादेश एउटा पुनर्विचार गर्न फिर्ता

राष्ट्रपतिले जारी गरे ७ अध्यादेश एउटा पुनर्विचार गर्न फिर्ता

सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ७ वटा जारी गरेका छन् । आइतबार अपराह्नसम्म उनले ७ वटा अध्यादेश जारी गरे भने एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका छन् । सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला ४ दिनमा राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका छन् । उनले यसबारे संविधानविद्हरूसँग पनि परामर्श लिएका थिए ।
काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन

काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन

सुनसरी जिल्ला बराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन आज सम्पन्न ।संस्थाका अध्यक्ष शरण कुमार लिम्बूको सभाध्यक्षता र पूर्वका प्रख्यात गजलकार विवश बलिभद्र कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम राखिएको थियो।स्वर्णिमद्वारा मानन्धर अभागीको एकल गजल वाचन र संस्थासँग सम्झौता सम्पन्न गरिएको छ । अतिथिगणलाई संस्थाका उपाध्यक्ष लक्ष्मण कटुवालले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।कार्यक्रममा स्वर्णिम साहित्य समाजका भावि कार्यक्रमलाई सफल पार्न बराहक्षेत्रमा रहेको प्याब्सन र चतरामा रहेको लिङ्क प्रेसबित सम्झौता गरिएको छ।संस्थाका अध्यक्ष शरण कुमार लिम्बू र प्याब्सन बराहक्षेत्रका सचिव अवियोग राई र लिङ्क प्रेसका सञ्चालक विश्व राईले सम्झौता हस्ताक्षर गरेका छ्न ।प्याब्सन बराहक्षेत्रले १ वर्ष र…
घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।  घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् । सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।
हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न

हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न

सुनसरी इनरूवा । हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नुभएका श्री लालबहादुर श्रेष्ठका अनुसार संस्थाकाे पाँचौ साधारण सभा सम्पन्न भएकाे हाे । यस कार्यक्रममा प्रमुख अतिथि इनरूवा नगरपालिका ५ नं. वडाका वडाध्यक्ष श्री अनिलकुमार पाेखरेल रहनु भएकाे थियाे भने इनरूवा ५ नं. वडाका सबै जनप्रतिनिधि सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे । उपस्थितिका क्रममा करूणा समाज लगायत अन्य संघ संस्थाहरूवाट समेत विभिन्न ब्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे । संस्थाका अध्यक्ष श्री लालबहादुर श्रेष्ठले संस्थाकाे आय ब्यय लगायत संस्थाकाे भाबि याेजना  संस्थाकाे बारेमा समेत प्रष्ट पार्नु भएकाे छ ।
खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु : खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु , सुनसरी बराहक्षेत्र नगरपालिकाले गाईभैंसीमा देखा पर्ने खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान नगरले सुरु गरेको छ । अभियानको शुभारम्भ वडा नं. २ स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको गाई फार्मबाट सुरु गरिएको छ । "गाईभैंसीमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाऔं, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्‍याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔं" भन्ने नाराका साथ सञ्चालन भएको अभियान कार्तिक २३ गतेदेखि मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल,वडा न: २ वडा अध्यक्षय होम प्रशाद गौतम तथा स्थानीय…
बराहक्षेत्रमा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बराहक्षेत्रमा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

सुनसरी । बराहक्षेत्र मा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न : बराहक्षेत्र नगरपालिकामा रहेर मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहेका दुई वटा लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २०८२ साल कार्तिक २२ गते शनिबारका दिन एक समारोहका बीच लायन्स क्लब अफ सप्तकोशी डायनामिकको अध्यक्षमा दिपाञ्जली बस्नेत र लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जरको अध्यक्षमा अभिषेक कार्की पदस्थापित भए ।कोसी प्रदेश सभा सदस्य माननीय ममता योञ्जन तामाङ ज्यूको समुपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ सी का डिष्ट्रिक गभर्नर बबरजंग थापा ज्यूले सपथ ग्रहण गराउनु भयो । लायन्सका उच्च पदस्त…
एकपटक गम्भीर भएर सोच्न आग्रह गर्छु – गगन थापा

एकपटक गम्भीर भएर सोच्न आग्रह गर्छु – गगन थापा

तमाम अग्रज र साथीहरूलाई एकपटक गम्भीर भएर सोच्न आग्रह गर्छु- के पार्टी आजकै जस्तो अवस्थामा अगाडि बढ्न सक्छ ? सक्दैन । पार्टीको पुनर्गठन अनिवार्य छ । २३ भदौमा हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । म सरकारमा थिइनँ । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हाम्रो दाग पुछ्नुपर्छ । कांग्रेस पार्टीले सिंगो देशसँग माफी माग्नु पर्छ । र, यो घाउ पुर्नुपर्छ । २४ भदौमा यति धेरै ठूलो क्षति भएको छ कि जसको अहिले कसैले आकलन गर्न सक्दैन । सम्पदा, कार्यालय, कलकारखाना कहाँ कति क्षति भएको छ, कसैले अनुमान पनि गर्न सक्दैन…
Gen Z काे प्रदर्शनमा बालेन साहकाे पुर्ण समर्थन

Gen Z काे प्रदर्शनमा बालेन साहकाे पुर्ण समर्थन

काठमाण्डाैका मेयर बालेन साहले फेसबुकमा स्टाटस लेख्दै नया पुस्ताकाे उदयमा मेराे पनि समर्थन रहेकाे भनि लेखेका छन् । Gen Z ले Sep. 8 मा माइतिघर अगाडि १३ बर्ष देखी २८ वर्ष उमेर समुहका युवाहरुलाइ विद्यालय पाेसाकमा उपस्थित हुन भनेका हुन । जस्मा काठमाण्डाैका मेयर बालेन साहले पनि आफ्नाे समर्थन जनाएका छन् । नेपाल सरकारले हालै बन्द गरेकाे सामाजिक सञ्जाल र देशमा चरम भ्रष्टचारकाे बिराेधमा आज Gen Z ले प्रदर्शन गर्न लागेका हुन् । आजकाे यस् प्रदर्शनमा ठुला ठुला युटुवर र बिद्वानहरुकाे समेत समर्थन रहेकाे बिभिन्न सामाजिक सञ्जालमा राखिएकाे स्टाटसबाट हेर्न सकिन्छ ।
‘धर्माे रक्षति रक्षित’

‘धर्माे रक्षति रक्षित’

रक्षा गरिएको धर्मले, रक्षा गर्छ । धर्मको रक्षा गरियो भने हाम्रो रक्षा गर्छ धर्मले । रक्षा गर्नु भनेको अर्थ हुन्छ आफ्नो धर्ममा रहनु र धर्मको पालना गर्नु । आफ्नो कर्तव्यलाई अनुशासन पुर्वक निर्वाह गर्नु । आफ्नो धर्ममा रहे जीवन सुखमय र एश्र्वयले भरिपुर्ण हुन्छ । यदि मनपरी चले के के हुन्छ ? भनि साध्य छैन । आफ्नो धर्म पहिचान कर्तव्य संस्कार र संस्कृतिको रक्षा पालना गर्नु हरेक देशवासी वा नागरिकको कर्तव्य हुन्छ । हाम्रो मुल वैदिक मुल संस्कार संस्कृति बहुमुल्य छ । सबै धर्म वेद शास्त्रमा आधारित छ । त्यसैले सुन्दर छ, वैज्ञानिक र व्यवहारिक छ । काटछाँट गर्न पर्ने…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.