बराह सेराेफेराे

राष्ट्रपतिले जारी गरे ७ अध्यादेश एउटा पुनर्विचार गर्न फिर्ता

सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ७ वटा जारी गरेका छन् । आइतबार अपराह्नसम्म उनले ७ वटा अध्यादेश जारी गरे भने एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका छन् ।

सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला ४ दिनमा राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका छन् । उनले यसबारे संविधानविद्हरूसँग पनि परामर्श लिएका थिए ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.