बराह सेराेफेराे

अर्थ

दोहोरो अंकले बढ्यो नेप्से, साढे १४ अर्बको सेयर किनबेच

दोहोरो अंकले बढ्यो नेप्से, साढे १४ अर्बको सेयर किनबेच

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बुधबार १३ अर्ब १८ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँमा पुगेको छ। सदिन ३३५ वटा धितोपत्रको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच भएको हो। 
खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु : खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु , सुनसरी बराहक्षेत्र नगरपालिकाले गाईभैंसीमा देखा पर्ने खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान नगरले सुरु गरेको छ । अभियानको शुभारम्भ वडा नं. २ स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको गाई फार्मबाट सुरु गरिएको छ । "गाईभैंसीमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाऔं, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्‍याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔं" भन्ने नाराका साथ सञ्चालन भएको अभियान कार्तिक २३ गतेदेखि मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल,वडा न: २ वडा अध्यक्षय होम प्रशाद गौतम तथा स्थानीय…
जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंक कृषकलाई मार

जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंक कृषकलाई मार

सुनसरी । वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंकका कारण कृषकको धानवालीमा क्षति भएको छ । जंगली हात्तीको कारण भएको क्षतिबाट प्रभाबित हुनु भएका जब्दी क्षेत्रका कृषकहरुसंग क्षतिको जानकारी लिदै नगर प्रमुख श्री रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक दिवस कुवरले आज त्यस क्षेत्रकाे अवलाेकन गर्नु भएकाे छ ।
सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो हालसम्मकै उच्च

सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला  दुई लाख ७ हजार ९०० कायम भएको छ ।  मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँचले घटेर  दुई हजार ४८० कायम भएको छ ।
कोरियन भाषा परीक्षाको ५ हजार ३०० कोटा आवेदन खुल्यो

कोरियन भाषा परीक्षाको ५ हजार ३०० कोटा आवेदन खुल्यो

ईपीएस कोरिया शाखाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिएको छ। जसमा १८ वर्षदेखि ३९ वर्षसम्मका नेपाली नागरिकले मात्र आवेदन दिन पाउनेछन् र परीक्षा काठमाडौंमा हुनेछ। ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । उक्त क्षेत्रको भाषा…
बराहक्षेत्रनगरपालिका वडा न: १ मा लाग्ने बोलबम मेलाको मुल समिती गठन

बराहक्षेत्रनगरपालिका वडा न: १ मा लाग्ने बोलबम मेलाको मुल समिती गठन

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरा धाममा श्रावण महिनाको सोमवार लाग्ने बोलबम मेलाको व्यवस्थापनकालागि मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको छ । नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ वडा कार्यालयले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाले मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको छ । वडा नं १ का कार्यवाहक अध्यक्ष दिपक राई को सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल नगरपालिका प्रशासनका शाखाका प्रमुख राजकुमार गौतम , राजनैतिक दलका प्रतिनिधि , वडाका जनप्रतिनिधि ज्युहरु कर्मचारी हरु , नेपाल रेडक्रस सोसाईटी उसशाखाका अध्यक्ष , चतरा अस्पताल प्रतिनिधि…
कृषिलाई पर्यटनसँग जोड्ने योजनासहित बराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब बढी

कृषिलाई पर्यटनसँग जोड्ने योजनासहित बराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब बढी

बराहक्षेत्र नगरपालिकाले विकासका आधारका रूपमा 'कृषि, पर्यटन र दीगो पूर्वाधार' को नारालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षका लागि नगरले कृषिलाई पर्यटनसँग जोड्ने नीति ल्याएको छ । नगरपालिकाले आव २०८२/८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा बराहक्षेत्र-६ र ९ स्थित श्रीलङ्का टप्पुका जग्गामा उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्ने, कृषि उपजको प्रशोधन र ब्राण्डिङ गर्ने, कृषि मेला र अन्तर्कृया सञ्चालन गर्ने, कृषि अनुसन्धानका कार्यक्रम सञ्चालन गर्ने, उत्पादनका आधारमा कृषि व्यवसायीलाई अनुदान दिने, कृषि सचेतना र प्रचारका लागि मिडियाको प्रयोग गर्ने, नगरलाई बीउ विजनमा आत्मनिर्भर बनाउने साथै…
बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

काठमाडौं । सुनको भाउ पछिल्ला दिनमा झन् बढ्न थालेको छ । आज सुन अहिलेसम्मकै महँगिएको छ । शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकडर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ…
बजेटमा कृषिका नयाँ कार्यक्रमहरु

बजेटमा कृषिका नयाँ कार्यक्रमहरु

काठमाडौँ- सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको बताए । गत आर्थिक वर्षसम्म कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा २४ दशमलव ७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४ दशमलव १ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ । सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ । चालु आर्थिक वर्षका लागि कृषि…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.