बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
लक्ष्मीपुर–कालाबन्जार डुबान समस्या समाधानका लागि नगरपालिकाको सक्रियता, प्राविधिक अध्ययनपछि दीर्घकालीन योजना

लक्ष्मीपुर–कालाबन्जार डुबान समस्या समाधानका लागि नगरपालिकाको सक्रियता, प्राविधिक अध्ययनपछि दीर्घकालीन योजना

बराहक्षेत्र, बराहक्षेत्र नगरपालिका–५ अन्तर्गत लक्ष्मीपुर–कालाबन्जार क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएको डुबान तथा पानी निकास समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ। नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा सम्पन्न छलफलमा प्राविधिक अध्ययनका आधारमा सबै पक्षलाई न्याय हुने गरी स्थायी समाधानको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाइएको छ। नगरपालिकामा आयोजित छलफलमा उपप्रमुख तथा न्यायिक समिति संयोजक नन्दकुमारी सुनवार, वडा नं. ७ का अध्यक्ष कपिल आचार्य, प्राविधिक शाखा अधिकृत राजु भट्टराई, प्रशासन प्रमुख, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रतिनिधि, बराहक्षेत्र नगर अस्पतालका प्रमुख दिवस बिष्ट, नगर प्रहरी प्रमुख, प्रेस संयोजक संगम बिष्ट तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। पीडित पक्षबाट दनालाल चौधरी, सिताराम चौधरी, वीरेन्द्र…
बराहक्षेत्र–५ मा टोल विकास संस्था गठन प्रक्रिया सुरु, स्थानीयलाई उपस्थित हुन आग्रह

बराहक्षेत्र–५ मा टोल विकास संस्था गठन प्रक्रिया सुरु, स्थानीयलाई उपस्थित हुन आग्रह

बराहक्षेत्र नगरपालिका अन्तर्गत वडा नं. ५ कार्यालयले विभिन्न टोल क्षेत्रमा टोल विकास संस्था गठन प्रक्रिया अगाडि बढाएको छ। वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका स्थानीयवासी तथा सरोकारवालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थित हुन आग्रह गरेको हो। वडा कार्यालयका अनुसार चक्रघट्टी सुनसरीको पत्रअनुसार वडा नं. ५ भित्रका विभिन्न टोलमा टोल विकास संस्था गठन गर्न लागिएको हो। यसका लागि स्थानीय बासिन्दा, समाजसेवी तथा चारकिल्लाभित्रका सरोकारवालालाई सहभागिताका लागि आह्वान गरिएको छ। सूचनाअनुसार: २०८३ जेठ २ गते बिहान ९ बजे पिपलु क्षेत्रमा बैठक हुनेछ। २०८३ जेठ ३ गते बिहान ११ बजे हल्सी टोलमा कार्यक्रम राखिएको छ। २०८३ जेठ ४ गते…
नेपालकाे पहाडी भुभागमा बादर आतंक

नेपालकाे पहाडी भुभागमा बादर आतंक

नेपालको मध्यपहाडी तथा तराईका जिल्लाहरूमा बाँदरको बिगबिगी राष्ट्रिय संकटका रूपमा फैलिएको छ। बाँदरले अन्नबाली नष्ट गर्ने र घरमै पसेर आक्रमण गर्ने त्रासका कारण पहाडी क्षेत्रका दर्जनौं बस्तीहरू रित्तिएका छन्, जसले गर्दा किसानहरू अन्यत्र बसाइँ सर्न बाध्य छन्।
नेपाली सिनेमा लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

नेपाली सिनेमा लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो । २३ वैशाख । चलचित्र लालीबजार प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो । ‘…रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’ आदेशमा उल्लेख छ ।
गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

लागू औषध गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।हिजाे बैशाख २२ गते अपरान्न ५:०० बजेको समयमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर.२ पुल्ठेगौडाबाट इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायव निरीक्षक किरणको कमाण्डमा खटिएको प्रहरी टोलीले चतराबाट तेह्रआर्डी तर्फ आउदै गरेको BR07PC4765 नम्बरको भारतिय एम्बुलेन्सलाइ शंकास्पदलागी चेक-जाच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई प्लाष्टिक पेकिङ गरेर ल्याइएको १५० के.जि. प्लाष्टिक बाहेक तौल१४८ के.जी.लागु औषध गाजाँ प्रहरीले बरामद गरेको छ। उक्त एम्बुलेन्स, चालक देश भारत सुपोल जिल्ला बिहार राज्य बिरपुर बस्ने बर्ष १८ को धर्मेन्द्र कुमार यादव र सोही एम्बुलेन्स सवार बस्ने बर्ष २१ को मो.सदाम समेतलाई…
राष्ट्रपतिले जारी गरे ७ अध्यादेश एउटा पुनर्विचार गर्न फिर्ता

राष्ट्रपतिले जारी गरे ७ अध्यादेश एउटा पुनर्विचार गर्न फिर्ता

सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ७ वटा जारी गरेका छन् । आइतबार अपराह्नसम्म उनले ७ वटा अध्यादेश जारी गरे भने एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका छन् । सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला ४ दिनमा राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका छन् । उनले यसबारे संविधानविद्हरूसँग पनि परामर्श लिएका थिए ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु वैशाख २७ गतेसम्म सञ्चालन हुने

कक्षा १२ को परीक्षा आजदेखि सुरु वैशाख २७ गतेसम्म सञ्चालन हुने

कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।   राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी छन् । 
चौथो बराहाक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता ३ बजेबाट सुरु

चौथो बराहाक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता ३ बजेबाट सुरु

चौथो संस्करणको वराहक्षेत्र मेयर लिग कप फुटबल आज बाट सुरु भएको छ । पहिलो खेलमा : वडा नं १० को विजयी ।बराह सेरोफेरो / चक्रघट्टी वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ बसन्त ऋतु खेलमैदानमा चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १० विजयी भएको थियो । खेल वडा नम्बर ११ र १० को भएको थियो वडा नं ११ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं १० विजयी भएको छ ।जितसँगै वडा नं १० ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गर्दै पराजित भएको वडा नं ११ भने प्रतियोगिताको नकआउट…
आज लोकतन्त्र दिवस जनताकाे जित भएकाे दिन

आज लोकतन्त्र दिवस जनताकाे जित भएकाे दिन

२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई लोकतन्त्र दिवसको महत्व थपिएको छ। आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.