बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई कर्मचारीको मृत्युसुनसरीको इटहरी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल रातिको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेका छन्। उनीहरू दुवै जना जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी रहेको बताइएको छ।मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
भोटेकोशी बाढीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल

भोटेकोशी बाढीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल

भदौ १० को भोटेकोशी बाढीमा भएको क्षतिको पनि बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन् । जलविद्युत् आयोजना र ठूला पूर्वाधारजस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन् । बाढीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्रधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्भेयर लगायतको सहभागितामा छलफल भइ पुनर्निर्माण सुरु गर्न नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अध्यक्ष हर्क साम्पाङले  नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको भन्दै सरकारलाइ आरोप

अध्यक्ष हर्क साम्पाङले नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको भन्दै सरकारलाइ आरोप

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशमा नागरिक तथा सांसदसमेत सुरक्षित नरहेको बताए । उनले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै संसदमा उपस्थित हुनुपर्ने माग गरे । साम्पाङले प्रधानमन्त्रीले आफूहरूले साढे दुई महिनादेखि संसद्मा उपस्थित हुन माग गरिरहेपनि आउन नमानेको भन्दै बालहठ नगर्न आग्रह गरे । साम्पाङले देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना भइरहे पनि सरकारले प्रभावकारी रूपमा कारबाही गर्न नसकेको आरोप लगाए । उनले नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने वातावरण बनाउन सरकारसँग माग गरे…
सरकारले विभिन्न पक्षसँग सहमति गर्‍यो

सरकारले विभिन्न पक्षसँग सहमति गर्‍यो

सरकारले विभिन्न पेसा, व्यवसाय तथा संघसंस्थासँग सहमति गरे पनि त्यसको कार्यान्वयन नगरेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निष्कर्ष निकालेको छ। ‘सरकारले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध एवं उखु किसान (बक्यौता भुक्तानी), मिटरब्याज (अनुचित लेनदेन) पीडित संघर्ष समिति लगायत विभिन्न पेशा, व्यवसायका नागरिक तथा संघ-संस्थाहरूसँग दर्जनौं सहमति गरेको छ। तर कुनै पनि पक्षले ती सहमतिहरूको इमानदार कार्यान्वयन भएको अनुभूति गर्न पाएका छैनन्। सरकारले नागरिक तथा पेशागत संघ-संस्थासँग गरेका सहमति र समझदारीलाई तत्कालका लागि आफू उम्किने मनसायले तयार पारिएको 'कीर्ते कागज' मात्र नबनाओस्,’ कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले सुनसरीलगायत कोशी र मधेसका विभिन्न जिल्लामा भएका…
बराहक्षेत्र–५ मा टोल विकास संस्था गठन प्रक्रिया सुरु, स्थानीयलाई उपस्थित हुन आग्रह

बराहक्षेत्र–५ मा टोल विकास संस्था गठन प्रक्रिया सुरु, स्थानीयलाई उपस्थित हुन आग्रह

बराहक्षेत्र नगरपालिका अन्तर्गत वडा नं. ५ कार्यालयले विभिन्न टोल क्षेत्रमा टोल विकास संस्था गठन प्रक्रिया अगाडि बढाएको छ। वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका स्थानीयवासी तथा सरोकारवालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थित हुन आग्रह गरेको हो। वडा कार्यालयका अनुसार चक्रघट्टी सुनसरीको पत्रअनुसार वडा नं. ५ भित्रका विभिन्न टोलमा टोल विकास संस्था गठन गर्न लागिएको हो। यसका लागि स्थानीय बासिन्दा, समाजसेवी तथा चारकिल्लाभित्रका सरोकारवालालाई सहभागिताका लागि आह्वान गरिएको छ। सूचनाअनुसार: २०८३ जेठ २ गते बिहान ९ बजे पिपलु क्षेत्रमा बैठक हुनेछ। २०८३ जेठ ३ गते बिहान ११ बजे हल्सी टोलमा कार्यक्रम राखिएको छ। २०८३ जेठ ४ गते…
नेपालकाे पहाडी भुभागमा बादर आतंक

नेपालकाे पहाडी भुभागमा बादर आतंक

नेपालको मध्यपहाडी तथा तराईका जिल्लाहरूमा बाँदरको बिगबिगी राष्ट्रिय संकटका रूपमा फैलिएको छ। बाँदरले अन्नबाली नष्ट गर्ने र घरमै पसेर आक्रमण गर्ने त्रासका कारण पहाडी क्षेत्रका दर्जनौं बस्तीहरू रित्तिएका छन्, जसले गर्दा किसानहरू अन्यत्र बसाइँ सर्न बाध्य छन्।
नेपाली सिनेमा लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

नेपाली सिनेमा लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो । २३ वैशाख । चलचित्र लालीबजार प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो । ‘…रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’ आदेशमा उल्लेख छ ।
गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

लागू औषध गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।हिजाे बैशाख २२ गते अपरान्न ५:०० बजेको समयमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर.२ पुल्ठेगौडाबाट इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायव निरीक्षक किरणको कमाण्डमा खटिएको प्रहरी टोलीले चतराबाट तेह्रआर्डी तर्फ आउदै गरेको BR07PC4765 नम्बरको भारतिय एम्बुलेन्सलाइ शंकास्पदलागी चेक-जाच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई प्लाष्टिक पेकिङ गरेर ल्याइएको १५० के.जि. प्लाष्टिक बाहेक तौल१४८ के.जी.लागु औषध गाजाँ प्रहरीले बरामद गरेको छ। उक्त एम्बुलेन्स, चालक देश भारत सुपोल जिल्ला बिहार राज्य बिरपुर बस्ने बर्ष १८ को धर्मेन्द्र कुमार यादव र सोही एम्बुलेन्स सवार बस्ने बर्ष २१ को मो.सदाम समेतलाई…
राष्ट्रपतिले जारी गरे ७ अध्यादेश एउटा पुनर्विचार गर्न फिर्ता

राष्ट्रपतिले जारी गरे ७ अध्यादेश एउटा पुनर्विचार गर्न फिर्ता

सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ७ वटा जारी गरेका छन् । आइतबार अपराह्नसम्म उनले ७ वटा अध्यादेश जारी गरे भने एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका छन् । सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला ४ दिनमा राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका छन् । उनले यसबारे संविधानविद्हरूसँग पनि परामर्श लिएका थिए ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.