
लागू औषध गाँजा र एम्बुलेन्स सहित २ भारतीय नागरिकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हिजाे बैशाख २२ गते अपरान्न ५:०० बजेको समयमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर.२ पुल्ठेगौडाबाट इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायव निरीक्षक किरणको कमाण्डमा खटिएको प्रहरी टोलीले चतराबाट तेह्रआर्डी तर्फ आउदै गरेको BR07PC4765 नम्बरको भारतिय एम्बुलेन्सलाइ शंकास्पदलागी चेक-जाच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई प्लाष्टिक पेकिङ गरेर ल्याइएको १५० के.जि. प्लाष्टिक बाहेक तौल१४८ के.जी.लागु औषध गाजाँ प्रहरीले बरामद गरेको छ। उक्त एम्बुलेन्स, चालक देश भारत सुपोल जिल्ला बिहार राज्य बिरपुर बस्ने बर्ष १८ को धर्मेन्द्र कुमार यादव र सोही एम्बुलेन्स सवार बस्ने बर्ष २१ को मो.सदाम समेतलाई लागू औषध गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएकाे महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रमुख दिवस कुमारले जानकारी दिएका छन् ।