बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव २७ दिनपछि परिवारले बुझे

सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव २७ दिनपछि परिवारले बुझे

सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ। १ घण्टाअघि मात्र परिवारले शव बुझेको डिएसपी मोहन बुढथापाले जानकारी दिए। इनिशाको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थियो। बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ। परिवारले २७ दिनपछि इनिशाको शव बुझेको हो। विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएसँगै परिवारले शव लैजान मानेको हो। ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा…
दोहोरो अंकले बढ्यो नेप्से, साढे १४ अर्बको सेयर किनबेच

दोहोरो अंकले बढ्यो नेप्से, साढे १४ अर्बको सेयर किनबेच

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बुधबार १३ अर्ब १८ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँमा पुगेको छ। सदिन ३३५ वटा धितोपत्रको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच भएको हो। 
चक्रघट्टीको महेन्द्र मा.बि.ले मनायो ६९ औं वार्षिकोत्सव समारोह

चक्रघट्टीको महेन्द्र मा.बि.ले मनायो ६९ औं वार्षिकोत्सव समारोह

सुनसरी। सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयले आफ्नो ६९ औं बार्षिकोत्सव समारोह एव् अभिभावक दिवस मनाएको छ । सोमवार बिद्यालयले औपचारिक बिभिन्न कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, छिमेकी बिद्यालयका प्रध्यानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि , बिद्याकयका संस्थापकहरु , पुर्ब प्रध्यानाध्यापकहरु, पुर्ब शिक्षकहरु , पुर्ब व्यवस्थापन समितिका अध्यक्षहरु , समाजसेवि , चन्दादाता , अक्षयकोष दाताहरुको गरिमाय आयिथ्यता रहेको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महत्वको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्याक चण्डिराज पोखरेलले बिद्यालयको आर्थिक बर्ष २०७१/०८२…
प्याब्सन वराहक्षेत्र द्रारा नगर अस्पताललाई २५ हजार बराबरको प्रतिक्षालय बेच्न हरु हस्तान्तरण

प्याब्सन वराहक्षेत्र द्रारा नगर अस्पताललाई २५ हजार बराबरको प्रतिक्षालय बेच्न हरु हस्तान्तरण

आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५ औं स्थापना दिवसको अवसरमा प्याब्सन वराहक्षेत्र नगर कार्य समितिले एक औपचारिक कार्यक्रम आयोजना गरी बराहक्षेत्र नगर अस्पताल लाई दुई थान बिरामी प्रतिक्षालय हस्तान्तरण गरेको छ। प्याब्सन बराहक्षेत्र नगर कार्य समितिको अध्यक्ष खेमराज दुमी राई ज्यूको सभा अध्यक्षता नगर अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष तथा वराहक्षेत्र नगर उपप्रमुख नन्द कुमारी सुनुवार ज्यूको प्रमुख आतिथ्यतामा अस्पताल निमित प्रमुख दिवस विष्ट , स्वस्थ शाखा प्रमुख डा धनराज यादव ,मेडिकल अधिकृत चिर्नबिजी बस्नेत को उपस्थिति रहनु भएको थियो । हरेक वर्ष प्याब्सन स्थापन दिवसको अवसरमा प्याब्सन ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको…
काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन

काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन

सुनसरी जिल्ला बराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन आज सम्पन्न ।संस्थाका अध्यक्ष शरण कुमार लिम्बूको सभाध्यक्षता र पूर्वका प्रख्यात गजलकार विवश बलिभद्र कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम राखिएको थियो।स्वर्णिमद्वारा मानन्धर अभागीको एकल गजल वाचन र संस्थासँग सम्झौता सम्पन्न गरिएको छ । अतिथिगणलाई संस्थाका उपाध्यक्ष लक्ष्मण कटुवालले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।कार्यक्रममा स्वर्णिम साहित्य समाजका भावि कार्यक्रमलाई सफल पार्न बराहक्षेत्रमा रहेको प्याब्सन र चतरामा रहेको लिङ्क प्रेसबित सम्झौता गरिएको छ।संस्थाका अध्यक्ष शरण कुमार लिम्बू र प्याब्सन बराहक्षेत्रका सचिव अवियोग राई र लिङ्क प्रेसका सञ्चालक विश्व राईले सम्झौता हस्ताक्षर गरेका छ्न ।प्याब्सन बराहक्षेत्रले १ वर्ष र…
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको छतबाट खसे डाक्टर

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको छतबाट खसे डाक्टर

मोरङ । विराटनगर उपमहानगरपालिका मा अबस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको छतबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार ती इन्टर्न डाक्टर अस्पतालको छतबाट खसेका थिए, डाक्टर लाई गम्भीर चोट लागेको कारण घटनास्थलमै उपचारका क्रममा उनको मृत्यु भएको बताइएका छन । घटनाको वास्तविक कारण भने हालसम्म पुष्टि हुन सकेको छैन।घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।यो घटना कस्ले घटायो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ। अस्पताल प्रशासनले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ।यस दुःखद घटनाले इन्टर्न डाक्टरहरूको कार्य वातावरण, मानसिक…
बराहक्षेत्र नगरपालिकाकाे क्याम्पाचाैरी जंगलमा निलगाई मृत फेला

बराहक्षेत्र नगरपालिकाकाे क्याम्पाचाैरी जंगलमा निलगाई मृत फेला

बराहक्षेत्र सुनसरी । निलगाई मृत फेला।बराहक्षेत्र नगरपालिका वडा न: ७ क्याम्पाचाैरी जंगलमा निलगाई मृत फेला परेको छ। स्थानियले घास दाउरा खोज्न जादा क्याम्पाचाैरी जंगल भित्र निलगाई मृत अबस्थामा फेला पारेका थिए । मृत निलगाईको ब्यवस्थापनको लागि बन कार्यालयका नडाहका कर्मचारीलाई खवर गरीएको बराहक्षेत्र ७ नं वडाका वडाध्यक्ष कपिल आचार्यले बताएका छन ।
लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो ।
घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।  घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् । सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.