मोरङ । विराटनगर उपमहानगरपालिका मा अबस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको छतबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार ती इन्टर्न डाक्टर अस्पतालको छतबाट खसेका थिए, डाक्टर लाई गम्भीर चोट लागेको कारण घटनास्थलमै उपचारका क्रममा उनको मृत्यु भएको बताइएका छन ।

घटनाको वास्तविक कारण भने हालसम्म पुष्टि हुन सकेको छैन।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।
यो घटना कस्ले घटायो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ। अस्पताल प्रशासनले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ।
यस दुःखद घटनाले इन्टर्न डाक्टरहरूको कार्य वातावरण, मानसिक दबाब तथा सुरक्षा व्यवस्थाबारे हस्पिटल प्रर्ती गम्भीर प्रश्न उठान थालेको छ। स्रोत सामाजिक संन्जाल