लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो ।
घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति
सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् । सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।
जेन्जीद्वारा महेश बस्नेत सवार गाडीमा मसी प्रहार
महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।
हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न
सुनसरी इनरूवा । हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नुभएका श्री लालबहादुर श्रेष्ठका अनुसार संस्थाकाे पाँचौ साधारण सभा सम्पन्न भएकाे हाे । यस कार्यक्रममा प्रमुख अतिथि इनरूवा नगरपालिका ५ नं. वडाका वडाध्यक्ष श्री अनिलकुमार पाेखरेल रहनु भएकाे थियाे भने इनरूवा ५ नं. वडाका सबै जनप्रतिनिधि सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे । उपस्थितिका क्रममा करूणा समाज लगायत अन्य संघ संस्थाहरूवाट समेत विभिन्न ब्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे । संस्थाका अध्यक्ष श्री लालबहादुर श्रेष्ठले संस्थाकाे आय ब्यय लगायत संस्थाकाे भाबि याेजना संस्थाकाे बारेमा समेत प्रष्ट पार्नु भएकाे छ ।
वराहक्षेत्र नगरपालिकाले वक्तित्वकला प्रतियोगिता र चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न
बराहक्षेत्र सुनसरी । बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले आयोजना गरेको वक्तित्वकला प्रतियोगिता र चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम जनहित कलब को सभा हलमा आज सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अथिती नगर प्रमुख रमेश कार्की विशिष्ट अथिती नगर उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तम राज भारती लगायत विद्यालयका शिक्षक अबिभावक हरुको उपस्थितिमा भएको थियो । वक्तित्वकला प्रतियोगितामा आधारभुत ( कक्षा ६-८) तह तर्फ २९ वटा बिद्यालयका विद्यार्थी हरुले भाग लिएको थिए । र माध्यमिक (कक्षा ९-१० ) तहतर्फ २१ वटा बिद्यालयको सहभागिता…
उठाै युवा भन्दै नेकपा (एमाले) इनरूवा नगरकमिटिकाे बृहत् माेटरसाइकल रियाली
सुनसरी, इनरूवा । नेकपा (एमाले) इनरूवा नगरकमिटिले आज देशभर एकैसाथ उठौ युवा भन्ने अभियानमा मोटरसाइकल रियाली निकालेको हो । जसमा देशै भरिका सम्पुर्ण नगरकमिटिलाइ यो रियालिमा सहभागि हुन आह्वान गरिएको थियो । इनरुवा नगरपालिका भित्र पनि युवाहरुलाइ मोटरसाइकल रियालीमा सहभागी हुन भनिएको थीयो । जसमा इनरुवाको ओम साइराम पाटिप्यालेसबाट रियाली निकाली शान्तिचोकमा कोडसभा गरिएको छ । https://www.youtube.com/watch?v=M7nF80N7Ssk
खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु
खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु : खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु , सुनसरी बराहक्षेत्र नगरपालिकाले गाईभैंसीमा देखा पर्ने खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान नगरले सुरु गरेको छ । अभियानको शुभारम्भ वडा नं. २ स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको गाई फार्मबाट सुरु गरिएको छ । "गाईभैंसीमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाऔं, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔं" भन्ने नाराका साथ सञ्चालन भएको अभियान कार्तिक २३ गतेदेखि मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल,वडा न: २ वडा अध्यक्षय होम प्रशाद गौतम तथा स्थानीय…
बराहक्षेत्रमा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
सुनसरी । बराहक्षेत्र मा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न : बराहक्षेत्र नगरपालिकामा रहेर मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहेका दुई वटा लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २०८२ साल कार्तिक २२ गते शनिबारका दिन एक समारोहका बीच लायन्स क्लब अफ सप्तकोशी डायनामिकको अध्यक्षमा दिपाञ्जली बस्नेत र लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जरको अध्यक्षमा अभिषेक कार्की पदस्थापित भए ।कोसी प्रदेश सभा सदस्य माननीय ममता योञ्जन तामाङ ज्यूको समुपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ सी का डिष्ट्रिक गभर्नर बबरजंग थापा ज्यूले सपथ ग्रहण गराउनु भयो । लायन्सका उच्च पदस्त…
मोरङको रंगेली क्षेत्रमा हाइनाको बथान देखिएको हल्लाले स्थानीय त्रासमा
हिंस्रक जनवार हुँडार (हाइना) देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास बढेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेको छ ।