सुनसरी इनरूवा । हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नुभएका श्री लालबहादुर श्रेष्ठका अनुसार संस्थाकाे पाँचौ साधारण सभा सम्पन्न भएकाे हाे । यस कार्यक्रममा प्रमुख अतिथि इनरूवा नगरपालिका ५ नं. वडाका वडाध्यक्ष श्री अनिलकुमार पाेखरेल रहनु भएकाे थियाे भने इनरूवा ५ नं. वडाका सबै जनप्रतिनिधि सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे । उपस्थितिका क्रममा करूणा समाज लगायत अन्य संघ संस्थाहरूवाट समेत विभिन्न ब्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे । संस्थाका अध्यक्ष श्री लालबहादुर श्रेष्ठले संस्थाकाे आय ब्यय लगायत संस्थाकाे भाबि याेजना संस्थाकाे बारेमा समेत प्रष्ट पार्नु भएकाे छ ।
बराहक्षेत्र सुनसरी । बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले आयोजना गरेको वक्तित्वकला प्रतियोगिता र चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम जनहित कलब को सभा हलमा आज सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अथिती नगर प्रमुख रमेश कार्की विशिष्ट अथिती नगर उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तम राज भारती लगायत विद्यालयका शिक्षक अबिभावक हरुको उपस्थितिमा भएको थियो । वक्तित्वकला प्रतियोगितामा आधारभुत ( कक्षा ६-८) तह तर्फ २९ वटा बिद्यालयका विद्यार्थी हरुले भाग लिएको थिए । र माध्यमिक (कक्षा ९-१० ) तहतर्फ २१ वटा बिद्यालयको सहभागिता…
सुनसरी, इनरूवा । नेकपा (एमाले) इनरूवा नगरकमिटिले आज देशभर एकैसाथ उठौ युवा भन्ने अभियानमा मोटरसाइकल रियाली निकालेको हो । जसमा देशै भरिका सम्पुर्ण नगरकमिटिलाइ यो रियालिमा सहभागि हुन आह्वान गरिएको थियो । इनरुवा नगरपालिका भित्र पनि युवाहरुलाइ मोटरसाइकल रियालीमा सहभागी हुन भनिएको थीयो । जसमा इनरुवाको ओम साइराम पाटिप्यालेसबाट रियाली निकाली शान्तिचोकमा कोडसभा गरिएको छ । https://www.youtube.com/watch?v=M7nF80N7Ssk
खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु : खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु , सुनसरी बराहक्षेत्र नगरपालिकाले गाईभैंसीमा देखा पर्ने खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान नगरले सुरु गरेको छ । अभियानको शुभारम्भ वडा नं. २ स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको गाई फार्मबाट सुरु गरिएको छ । "गाईभैंसीमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाऔं, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔं" भन्ने नाराका साथ सञ्चालन भएको अभियान कार्तिक २३ गतेदेखि मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल,वडा न: २ वडा अध्यक्षय होम प्रशाद गौतम तथा स्थानीय…
सुनसरी । बराहक्षेत्र मा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न : बराहक्षेत्र नगरपालिकामा रहेर मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहेका दुई वटा लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २०८२ साल कार्तिक २२ गते शनिबारका दिन एक समारोहका बीच लायन्स क्लब अफ सप्तकोशी डायनामिकको अध्यक्षमा दिपाञ्जली बस्नेत र लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जरको अध्यक्षमा अभिषेक कार्की पदस्थापित भए ।कोसी प्रदेश सभा सदस्य माननीय ममता योञ्जन तामाङ ज्यूको समुपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ सी का डिष्ट्रिक गभर्नर बबरजंग थापा ज्यूले सपथ ग्रहण गराउनु भयो । लायन्सका उच्च पदस्त…
हिंस्रक जनवार हुँडार (हाइना) देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास बढेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेको छ ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनकाे मृत्यु भएको हाे ।
सुनसरी । वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंकका कारण कृषकको धानवालीमा क्षति भएको छ । जंगली हात्तीको कारण भएको क्षतिबाट प्रभाबित हुनु भएका जब्दी क्षेत्रका कृषकहरुसंग क्षतिको जानकारी लिदै नगर प्रमुख श्री रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक दिवस कुवरले आज त्यस क्षेत्रकाे अवलाेकन गर्नु भएकाे छ ।