बराहक्षेत्र सुनसरी । बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले आयोजना गरेको वक्तित्वकला प्रतियोगिता र चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम जनहित कलब को सभा हलमा आज सम्पन्न भएको छ ।

कार्यक्रम का प्रमुख अथिती नगर प्रमुख रमेश कार्की विशिष्ट अथिती नगर उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तम राज भारती लगायत विद्यालयका शिक्षक अबिभावक हरुको उपस्थितिमा भएको थियो ।
वक्तित्वकला प्रतियोगितामा आधारभुत ( कक्षा ६-८) तह तर्फ २९ वटा बिद्यालयका विद्यार्थी हरुले भाग लिएको थिए ।

र माध्यमिक (कक्षा ९-१० ) तहतर्फ २१ वटा बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता हुन सफल र सहभागिता जनाउने बिद्यालय तथा बिद्यार्थीहरुमा हार्दिक बधाई, शुभकामना एव् हार्दिक आभार प्रकट गर्दछौ । त्यस्तै चित्रकला , निबन्ध लेखन प्रतियोगितामा बिजेता विद्यार्थी, बिद्यालय र सहभागी बिद्यार्थी तथा बिद्यालयहरुलाई नगर प्रमुख कार्की ले हार्दिक बधाई, तथा शुभकामना दिनुभएको थियो ।
