वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको घुइँचो
बराहक्षाेत्र । हरिबोधिनी एकादशी मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको घुइँचो । वराहक्षेत्र नगरपालिका वडा न: १ स्थित प्रसिद्ध धार्मिक तीर्थ वराहक्षेत्र धाम मन्दिर परिसरमा आयोजना भएको कार्तिके हरिबोधिनी एकादशी मेलाको आज अन्तिम दिन श्रद्धालु भक्तजन र तीर्थालुहरूको आज अन्तिम दिन हुदा पनि ठूलो भिड लागेको छ। मङ्गलवार साँझदेखि नै भारतका लगाएत विभिन्न स्थानबाट उल्लेखनीय संख्यामा तीर्थालुहरू वराहक्षेत्र पुग्न थालेका थियो । हरेक वर्ष हरिबोधिनी एकादशीका दिनबाट सुरु हुने यो मेला पूर्णिमासम्म, पाँच दिनसम्म निरन्तर चल्ने परम्परा रहिआएको छ। मेलामा वराहक्षेत्र मन्दिर, कोशीपुल र चतरा क्षेत्रमा धार्मिक अनुष्ठान, दर्शन पूजापाठ तथा स्नान गर्ने भक्तजनहरूको विशेष चहलपहल देखिएको थियो ।