बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
मोहम्मद अफताब आलमको निधन

मोहम्मद अफताब आलमको निधन

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ । चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनकाे मृत्यु भएको हाे ।
जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंक कृषकलाई मार

जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंक कृषकलाई मार

सुनसरी । वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंकका कारण कृषकको धानवालीमा क्षति भएको छ । जंगली हात्तीको कारण भएको क्षतिबाट प्रभाबित हुनु भएका जब्दी क्षेत्रका कृषकहरुसंग क्षतिको जानकारी लिदै नगर प्रमुख श्री रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक दिवस कुवरले आज त्यस क्षेत्रकाे अवलाेकन गर्नु भएकाे छ ।
वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको घुइँचो

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको घुइँचो

बराहक्षाेत्र । हरिबोधिनी एकादशी मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको घुइँचो । वराहक्षेत्र नगरपालिका वडा न: १ स्थित प्रसिद्ध धार्मिक तीर्थ वराहक्षेत्र धाम मन्दिर परिसरमा आयोजना भएको कार्तिके हरिबोधिनी एकादशी मेलाको आज अन्तिम दिन श्रद्धालु भक्तजन र तीर्थालुहरूको आज अन्तिम दिन हुदा पनि ठूलो भिड लागेको छ। मङ्गलवार साँझदेखि नै भारतका लगाएत विभिन्न स्थानबाट उल्लेखनीय संख्यामा तीर्थालुहरू वराहक्षेत्र पुग्न थालेका थियो । हरेक वर्ष हरिबोधिनी एकादशीका दिनबाट सुरु हुने यो मेला पूर्णिमासम्म, पाँच दिनसम्म निरन्तर चल्ने परम्परा रहिआएको छ। मेलामा वराहक्षेत्र मन्दिर, कोशीपुल र चतरा क्षेत्रमा धार्मिक अनुष्ठान, दर्शन पूजापाठ तथा स्नान गर्ने भक्तजनहरूको विशेष चहलपहल देखिएको थियो ।
बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा पनि पर्नेछ असर ।

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा पनि पर्नेछ असर ।

११ कार्तिक । भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगबार) अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने बताएको छ । जसका कारण आन्ध्र प्रदेशको तमिलनाडुका केही भागमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ । चक्रवात आज आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरेर आन्ध्र प्रदेश, ओडिशाका केही भूभागका लागि चक्रवातको चेतावनी जारी गरिएको छ । भारतीय मौसम विभागले जारी गरेको बयानमा भनिएको छ, ‘चक्रवाती आँधी बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा निजक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्न सक्छ ।’ विभागका अनुसार त्यो समयमा हावाको गति ९०-१०० किलोमीटर प्रति घण्टासम्म पुग्न सक्ने छ…
वर्तमान व्यवस्था असफल भएको थप पुष्टि भयो -राप्रपाको निष्कर्ष

वर्तमान व्यवस्था असफल भएको थप पुष्टि भयो -राप्रपाको निष्कर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान व्यवस्थाबारे आफ्नो पार्टीले पटक पटक उठाउँदै आएको प्रश्न थप मजबुत बनेको निष्कर्ष निकालेको छ । वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उद्घोष आफूहरूले पहिल्यै गरेको र पछिल्लो जेनजीहरूको प्रदर्शनले त्यो विषयलाई थप पुष्टि गरेको राप्रपाले बताएको छ ।बिहीबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले अहिलेकै संविधानबाट मुलुकलाई अघि बढाउन खोज्नु फेरि पनि असफलतातिर धकेल्नु हो भन्ने निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । ‘अब भविष्यमा देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालिन द्वन्द्वमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाएर नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न सबै राजनीतिक…
आउदै गरेकाे बडा दशैकाे सम्पुर्णमा शुभकामना

आउदै गरेकाे बडा दशैकाे सम्पुर्णमा शुभकामना

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":20,"total_draw_actions":12,"layers_used":2,"brushes_used":1,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1,"draw":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
असोज १ मा शोक बिदा दिने सरकारको निर्णय

असोज १ मा शोक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । उनका अनुसार, सरकारले आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत पाँच लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।  घाइतेहरूको निःशुल्क उपचार, दुर्गममा शव सम्बन्धित स्थानमा लैजान निःशुल्क हेलिकोप्टर वा सवारीसाधन उपलब्ध गराउने निर्णय भएको छ । दाहसंस्कारमा पनि सघाउने निर्णय भएको मन्त्री अर्यालले…
एकपटक गम्भीर भएर सोच्न आग्रह गर्छु – गगन थापा

एकपटक गम्भीर भएर सोच्न आग्रह गर्छु – गगन थापा

तमाम अग्रज र साथीहरूलाई एकपटक गम्भीर भएर सोच्न आग्रह गर्छु- के पार्टी आजकै जस्तो अवस्थामा अगाडि बढ्न सक्छ ? सक्दैन । पार्टीको पुनर्गठन अनिवार्य छ । २३ भदौमा हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । म सरकारमा थिइनँ । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हाम्रो दाग पुछ्नुपर्छ । कांग्रेस पार्टीले सिंगो देशसँग माफी माग्नु पर्छ । र, यो घाउ पुर्नुपर्छ । २४ भदौमा यति धेरै ठूलो क्षति भएको छ कि जसको अहिले कसैले आकलन गर्न सक्दैन । सम्पदा, कार्यालय, कलकारखाना कहाँ कति क्षति भएको छ, कसैले अनुमान पनि गर्न सक्दैन…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.