बराह सेराेफेराे

असोज १ मा शोक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

उनका अनुसार, सरकारले आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत पाँच लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । 

घाइतेहरूको निःशुल्क उपचार, दुर्गममा शव सम्बन्धित स्थानमा लैजान निःशुल्क हेलिकोप्टर वा सवारीसाधन उपलब्ध गराउने निर्णय भएको छ । दाहसंस्कारमा पनि सघाउने निर्णय भएको मन्त्री अर्यालले बताए । 

आन्दोलनको क्रममा भएको जनधनको क्षति र ज्यादतीको उच्चस्तरीय न्यायिक छानबिन आयोग (न्यायिक जाँचबुझ आयोग) गठन गर्ने सैद्धान्तिक निर्णय गरेको । 

त्यस्तै, आन्दोलनका क्रममा निधन भएकाहरूको स्मरणमा जेनजी जागरण स्मरण पार्क निर्माण गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारमा निर्णयका लागि मन्त्रिपरिषद्मा पेस भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय गरेको छ । 

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.