बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
Gen Z काे प्रदर्शनमा बालेन साहकाे पुर्ण समर्थन

Gen Z काे प्रदर्शनमा बालेन साहकाे पुर्ण समर्थन

काठमाण्डाैका मेयर बालेन साहले फेसबुकमा स्टाटस लेख्दै नया पुस्ताकाे उदयमा मेराे पनि समर्थन रहेकाे भनि लेखेका छन् । Gen Z ले Sep. 8 मा माइतिघर अगाडि १३ बर्ष देखी २८ वर्ष उमेर समुहका युवाहरुलाइ विद्यालय पाेसाकमा उपस्थित हुन भनेका हुन । जस्मा काठमाण्डाैका मेयर बालेन साहले पनि आफ्नाे समर्थन जनाएका छन् । नेपाल सरकारले हालै बन्द गरेकाे सामाजिक सञ्जाल र देशमा चरम भ्रष्टचारकाे बिराेधमा आज Gen Z ले प्रदर्शन गर्न लागेका हुन् । आजकाे यस् प्रदर्शनमा ठुला ठुला युटुवर र बिद्वानहरुकाे समेत समर्थन रहेकाे बिभिन्न सामाजिक सञ्जालमा राखिएकाे स्टाटसबाट हेर्न सकिन्छ ।
जेनजीले आज माइतीघरमा गर्दैछन् प्रदर्शन

जेनजीले आज माइतीघरमा गर्दैछन् प्रदर्शन

काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ। जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई प्रदर्शनका लागि अनुमति दिसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए। 'हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ। कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं। त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,' उनले भने। यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउनसमेत सकिने उनले बताए। जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्। उनीहरूले सरकारले सामाजिक…
संघीयता नेपालको आवश्यकता र भविष्यको आधार : वर्षमान पुन

संघीयता नेपालको आवश्यकता र भविष्यको आधार : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका थिए। गृहजिल्ला रोल्पामा संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूबाट गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले तीन तहका सरकारमार्फत जनताका सार्वभौम अधिकार बाँडफाँड गरिएको स्पष्ट पारेका छन् । ‘तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ । सार्वभौम सत्ता जनताको हुन्छ । देशका मालिक जनता हुन्,’ पुनले भने, ‘लोकतान्त्रिक व्यवस्थाअन्तर्गत तीन तहमा जनताका सार्वभौम अधिकार बाँडफाँड भएका छन् ।’ संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्षेत्रबारे थप स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै उनले संघले स्थानीय तहको अधिकार क्षेत्रमा सशर्त कार्यक्रम सञ्चालन गर्नु…
युक्रेनविरूद्ध उत्तर कोरियाका सेना बहादुरीसाथ लडे–पुटिन

युक्रेनविरूद्ध उत्तर कोरियाका सेना बहादुरीसाथ लडे–पुटिन

किम जोङको जबाफ- एउटाले अर्को भाइलाई गर्ने सहयोग हो, अझै गर्छौं रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग द्वीपक्षीय छलफल गरेका छन्। बेइजिङको सैन्य परेडमा सहभागी भएका दुवै नेताबीच बुधबार बिहान दियाओयुताइ होटलमा द्वीपक्षीय भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले किम जोङलाई आफूहरूबीच मित्रवत सम्बन्ध रहेको बताएका छन्।युक्रेनविरूद्धको लडाइँमा उत्तर कोरियाले रूसलाई गरेको सहयोगप्रति पति पुटिनले आभार प्रकट गरेको भनेर बिबिसीले लेखेको छ। त्यस्तै उनले कर्स्क क्षेत्रमा उत्तर कोरियाली सेनाहरू युक्रेनविरूद्ध बहादुरीका साथ लडेको किम जोङलाई बताए। उत्तर कोरियाले रूसलाई युक्रेनविरूद्धको लडाइँमा सहयोगका लागि १० हजार भन्दा बढी सैनिकहरू पठाएको थियो।कुर्स्क क्षेत्रमा रूसले उत्तर कोरियाकै…
सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो हालसम्मकै उच्च

सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला  दुई लाख ७ हजार ९०० कायम भएको छ ।  मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँचले घटेर  दुई हजार ४८० कायम भएको छ ।
साउथ अस्ट्रेलियामाथि नेपालको जित अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी

साउथ अस्ट्रेलियामाथि नेपालको जित अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी

साउथ अस्ट्रेलियामाथि नेपालले जित निकालेकाे छ। आज अस्ट्रेलियामा भएको खेलमा साउथ अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी भएको हो। ४५ ओभरको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो। साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन बनाए। नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए। यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।
प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको थियानजिन शहरमा

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको थियानजिन शहरमा

प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहरमा पुगेका छन्।
इरानको परमाणु भट्टीमा थोरै क्षति भएको रिपोर्ट बनाएका अमेरिकी गुप्तचर विभाग प्रमुख बर्खास्त

इरानको परमाणु भट्टीमा थोरै क्षति भएको रिपोर्ट बनाएका अमेरिकी गुप्तचर विभाग प्रमुख बर्खास्त

शुक्रबार पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय)ले एक विज्ञप्ती जारी गरि लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरिएको जानकारी दिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनको गुप्तचर विभाग डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डिआइए)का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरेका छन्। क्रुसबाहेक थप दुई जना उच्च सैन्य अधिकारीहरूलाई पनि बर्खास्त गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मन्त्री हेगसेथले अमेरिकी नौसेना रिजर्भका प्रमुख र नौसेना विशेष युद्ध कमान्डका कमान्डरलाई पनि पदबाट हटाउने आदेश दिएका छन्। तीनै जनालाई पदमुक्त गर्नुको कारण भने पेन्टागनले अहिलेसम्म खुलाएको छैन। उनीहरूलाई जिम्मेवारीबाट हटाउनुको कारण इरानमा अमेरिकी हमलापछि सार्वजनिक भएको प्रतिवेदन हो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स लगायत विभिन्न सञ्चारमाध्यमहरूले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.