बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ – माेदिले भने

नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ – माेदिले भने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ ।’
जेन्जीमा घाइतेभएकालाइ आफ्नो पीडाभन्दा परिवर्तनको चिन्ता

जेन्जीमा घाइतेभएकालाइ आफ्नो पीडाभन्दा परिवर्तनको चिन्ता

जेन–जी आन्दोलनका क्रममा घाइते भई उपचाररत युवाहरूले आफ्नो शरीरको पीडाभन्दा पनि देश बन्ने आशा जागेको बताएका छन् । अब भ्रष्टाचार अन्त्य, सुशासन कायम र विकसित देश बन्ने अपेक्षा आफूहरूले गरेको उनीहरूले बताएका हुन् । जेन–जी आन्दोलनका क्रममा घाइते हुनेमध्येकी एक हुन्, २० वर्षीया लिजा अधिकारी । मोरङको रतुवामाई नगरपालिका–८ की लिजा बीबीए ७ औं सेमिस्टर पढ्दै छिन् । उनलाई सानैदेखि भ्रष्टाचारविरुद्ध बोल्नुपर्छ भन्ने लाग्थ्यो । टिकटकबाट जेन–जी प्रदर्शनबारे जानकारी पाएकी उनलाई यो भ्रष्टाचारविरुद्ध प्रस्तुत हुने मञ्च हो भन्ने लाग्यो । काठमाडौंको बालकुमारीमा कोठा भाडामा बस्दै आएकी उनी गत सोमबार कलेज छाडेर ११ बजे माइतीघर पुगिन् । भ्रष्टाचारविरुद्ध पम्प्लेट र पोस्टरसहित नाराबाजी गर्दै उनी र्‍यायालीमा सहभागी भइन् । त्यसपछि…
नेपालकाे पहिलो महिला प्रधानन्यायाधीश नै पहिलो महिला प्रधानमन्त्री

नेपालकाे पहिलो महिला प्रधानन्यायाधीश नै पहिलो महिला प्रधानमन्त्री

जेन–जी विद्रोहको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्क्रीमा नियुत्त भएकी छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो कार्यकारी प्रमुखको इतिहास पनि रचेकी छन् । कार्की ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्क्रीमा नियुत्ति भएलगत्तै उनको सिफारिसमा शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा आगामी २१ फागुनमा निर्वाचन गर्न मिति तोकिएको छ । सोमबार सुरु भएको जेन–जी आन्दोलनको दबाबले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने मुख्य माग अघि सारेको जेन–जीका प्रतिनिधि र सरोकारवाला पक्षबीच भएको चरणबद्ध छलफलबाट कार्कीलाई प्रधानमन्त्री बनाउने टुंगो लागेको…
Gen Z काे प्रदर्शनमा बालेन साहकाे पुर्ण समर्थन

Gen Z काे प्रदर्शनमा बालेन साहकाे पुर्ण समर्थन

काठमाण्डाैका मेयर बालेन साहले फेसबुकमा स्टाटस लेख्दै नया पुस्ताकाे उदयमा मेराे पनि समर्थन रहेकाे भनि लेखेका छन् । Gen Z ले Sep. 8 मा माइतिघर अगाडि १३ बर्ष देखी २८ वर्ष उमेर समुहका युवाहरुलाइ विद्यालय पाेसाकमा उपस्थित हुन भनेका हुन । जस्मा काठमाण्डाैका मेयर बालेन साहले पनि आफ्नाे समर्थन जनाएका छन् । नेपाल सरकारले हालै बन्द गरेकाे सामाजिक सञ्जाल र देशमा चरम भ्रष्टचारकाे बिराेधमा आज Gen Z ले प्रदर्शन गर्न लागेका हुन् । आजकाे यस् प्रदर्शनमा ठुला ठुला युटुवर र बिद्वानहरुकाे समेत समर्थन रहेकाे बिभिन्न सामाजिक सञ्जालमा राखिएकाे स्टाटसबाट हेर्न सकिन्छ ।
जेनजीले आज माइतीघरमा गर्दैछन् प्रदर्शन

जेनजीले आज माइतीघरमा गर्दैछन् प्रदर्शन

काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ। जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई प्रदर्शनका लागि अनुमति दिसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए। 'हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ। कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं। त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,' उनले भने। यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउनसमेत सकिने उनले बताए। जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्। उनीहरूले सरकारले सामाजिक…
संघीयता नेपालको आवश्यकता र भविष्यको आधार : वर्षमान पुन

संघीयता नेपालको आवश्यकता र भविष्यको आधार : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका थिए। गृहजिल्ला रोल्पामा संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूबाट गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले तीन तहका सरकारमार्फत जनताका सार्वभौम अधिकार बाँडफाँड गरिएको स्पष्ट पारेका छन् । ‘तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ । सार्वभौम सत्ता जनताको हुन्छ । देशका मालिक जनता हुन्,’ पुनले भने, ‘लोकतान्त्रिक व्यवस्थाअन्तर्गत तीन तहमा जनताका सार्वभौम अधिकार बाँडफाँड भएका छन् ।’ संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्षेत्रबारे थप स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै उनले संघले स्थानीय तहको अधिकार क्षेत्रमा सशर्त कार्यक्रम सञ्चालन गर्नु…
युक्रेनविरूद्ध उत्तर कोरियाका सेना बहादुरीसाथ लडे–पुटिन

युक्रेनविरूद्ध उत्तर कोरियाका सेना बहादुरीसाथ लडे–पुटिन

किम जोङको जबाफ- एउटाले अर्को भाइलाई गर्ने सहयोग हो, अझै गर्छौं रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग द्वीपक्षीय छलफल गरेका छन्। बेइजिङको सैन्य परेडमा सहभागी भएका दुवै नेताबीच बुधबार बिहान दियाओयुताइ होटलमा द्वीपक्षीय भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले किम जोङलाई आफूहरूबीच मित्रवत सम्बन्ध रहेको बताएका छन्।युक्रेनविरूद्धको लडाइँमा उत्तर कोरियाले रूसलाई गरेको सहयोगप्रति पति पुटिनले आभार प्रकट गरेको भनेर बिबिसीले लेखेको छ। त्यस्तै उनले कर्स्क क्षेत्रमा उत्तर कोरियाली सेनाहरू युक्रेनविरूद्ध बहादुरीका साथ लडेको किम जोङलाई बताए। उत्तर कोरियाले रूसलाई युक्रेनविरूद्धको लडाइँमा सहयोगका लागि १० हजार भन्दा बढी सैनिकहरू पठाएको थियो।कुर्स्क क्षेत्रमा रूसले उत्तर कोरियाकै…
सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो हालसम्मकै उच्च

सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला  दुई लाख ७ हजार ९०० कायम भएको छ ।  मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँचले घटेर  दुई हजार ४८० कायम भएको छ ।
साउथ अस्ट्रेलियामाथि नेपालको जित अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी

साउथ अस्ट्रेलियामाथि नेपालको जित अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी

साउथ अस्ट्रेलियामाथि नेपालले जित निकालेकाे छ। आज अस्ट्रेलियामा भएको खेलमा साउथ अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी भएको हो। ४५ ओभरको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो। साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन बनाए। नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए। यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.