साउथ अस्ट्रेलियामाथि नेपालले जित निकालेकाे छ। आज अस्ट्रेलियामा भएको खेलमा साउथ अस्ट्रेलियनलाई हराउँदै नेपाल विजयी भएको हो।
४५ ओभरको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो। साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन बनाए।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए। यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।
Facebook Comments Box