शुक्रबार पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय)ले एक विज्ञप्ती जारी गरि लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरिएको जानकारी दिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनको गुप्तचर विभाग डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डिआइए)का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरेका छन्। क्रुसबाहेक थप दुई जना उच्च सैन्य अधिकारीहरूलाई पनि बर्खास्त गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मन्त्री हेगसेथले अमेरिकी नौसेना रिजर्भका प्रमुख र नौसेना विशेष युद्ध कमान्डका कमान्डरलाई पनि पदबाट हटाउने आदेश दिएका छन्। तीनै जनालाई पदमुक्त गर्नुको कारण भने पेन्टागनले अहिलेसम्म खुलाएको छैन। उनीहरूलाई जिम्मेवारीबाट हटाउनुको कारण इरानमा अमेरिकी हमलापछि सार्वजनिक भएको प्रतिवेदन हो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स लगायत विभिन्न सञ्चारमाध्यमहरूले…
सडक किनारमा बेवारिसे अवस्थामा भेटिएको सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिए । ८ भदौ, रौतहट । रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो । शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । स्राेत OnlineKhabar
नेपाल सरकार संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०८०/०८२ सालको स्थानित तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिकाले लगातात ३ बर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै प्रथम बनेको छ । वराहक्षेत्र नगरपालिकाले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश १ सय ३६ वटा स्थानिय तह मध्य पाचौ स्थानमा रहेको छ। ९० .५० अंङ्क प्राप्त गर्दै इलामको सुर्यदय नगरपालिका कोशी प्रदेशको प्रथम ,…
महेन्द्र सिंह धोनीः भारत भारतीय खेलाडी महेन्द्र सिंह धोनीको नाम शीर्ष स्थानमा छ । उनले २००७ देखि २०१८ सम्म कुल ३३२ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका थिए। यस अवधिमा उनले १७८ खेल जितेका थिए भने १२० खेलमा हार बेहोरेका थिए भने १५ खेल बराबरीमा टुंगिएको थियो। कप्तानको रूपमा धोनीको करियरमा जीतको प्रतिशत ५३.६१ प्रतिशत थियो। यति मात्र होइन, धोनीको कप्तानीमा भारतले २००७ को टी–२० विश्वकप, २०११ ओडीआई विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेको थियो। रिकी पोन्टिङः अस्ट्रेलिया दोस्रो स्थानमा अस्ट्रेलियाका महान कप्तान रिकी पोन्टिङ छन्, जसले २००२ देखि २०१२ सम्म ३२४ खेलमा कप्तानी गरेका थिए। कप्तानको रूपमा पोन्टिङको कीर्तिमान उत्कृष्ट रहेको थियो।…
नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनले फेरि सहमति गरेका छन् । यसले सीमा विवादको घाउ मात्र बल्झेको छैन, नेपालको कूटनीतिक कमजोरी पनि ताजा गराएको छ । नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीच मंगलबार थप सहमति भयो । यो सहमतिले वर्षौंदेखिको नेपाल-भारत सीमा विवादको घाउ फेरि चहर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यसै महिना सुरुमा चीन र त्यसपछि हुने भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत दुईदेशीय व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकीबीच थप सहमति भएको हो ।
२६ साउन, भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएकाे हाे ।
ईपीएस कोरिया शाखाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिएको छ। जसमा १८ वर्षदेखि ३९ वर्षसम्मका नेपाली नागरिकले मात्र आवेदन दिन पाउनेछन् र परीक्षा काठमाडौंमा हुनेछ। ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । उक्त क्षेत्रको भाषा…
बेवारिसे अवस्थामा महिलाको सव फेला : बराहक्षेत्र : सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न : ३ कुपिखोलामा बेवारिसे अवस्थामा महिलाको सब फेला परेको छ । बराहक्षेत्र - ३ कुपिखोलामा नाम थर वतन नखुलेको बर्ष अ.४५ को महिला को सब घोप्टे परेको अवस्थामा पानिमा तैरीएको र मृत अवस्थामा फेला परेको स्रोतले जनाएको छ। ई. प्र. का महेन्द्रनगरका जानकारी अनुसार हाल अनुसन्धान भैरहेको छ ।