बराह सेराेफेराे

भारत-चीन सहमति : नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय बिच व्यापार

नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनले फेरि सहमति गरेका छन् । यसले सीमा विवादको घाउ मात्र बल्झेको छैन, नेपालको कूटनीतिक कमजोरी पनि ताजा गराएको छ ।

नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीच मंगलबार थप सहमति भयो । यो सहमतिले वर्षौंदेखिको नेपाल-भारत सीमा विवादको घाउ फेरि चहर्‍याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यसै महिना सुरुमा चीन र त्यसपछि हुने भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत दुईदेशीय व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकीबीच थप सहमति भएको हो ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.