बराह सेराेफेराे

Breaking 1

नेपालकाे पहाडी भुभागमा बादर आतंक

नेपालकाे पहाडी भुभागमा बादर आतंक

नेपालको मध्यपहाडी तथा तराईका जिल्लाहरूमा बाँदरको बिगबिगी राष्ट्रिय संकटका रूपमा फैलिएको छ। बाँदरले अन्नबाली नष्ट गर्ने र घरमै पसेर आक्रमण गर्ने त्रासका कारण पहाडी क्षेत्रका दर्जनौं बस्तीहरू रित्तिएका छन्, जसले गर्दा किसानहरू अन्यत्र बसाइँ सर्न बाध्य छन्।
नेपाली सिनेमा लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

नेपाली सिनेमा लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो । २३ वैशाख । चलचित्र लालीबजार प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो । ‘…रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’ आदेशमा उल्लेख छ ।
घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।  घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् । सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।
जेन्जीद्वारा महेश बस्नेत सवार गाडीमा मसी प्रहार

जेन्जीद्वारा महेश बस्नेत सवार गाडीमा मसी प्रहार

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।
बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा पनि पर्नेछ असर ।

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा पनि पर्नेछ असर ।

११ कार्तिक । भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगबार) अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने बताएको छ । जसका कारण आन्ध्र प्रदेशको तमिलनाडुका केही भागमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ । चक्रवात आज आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरेर आन्ध्र प्रदेश, ओडिशाका केही भूभागका लागि चक्रवातको चेतावनी जारी गरिएको छ । भारतीय मौसम विभागले जारी गरेको बयानमा भनिएको छ, ‘चक्रवाती आँधी बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा निजक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्न सक्छ ।’ विभागका अनुसार त्यो समयमा हावाको गति ९०-१०० किलोमीटर प्रति घण्टासम्म पुग्न सक्ने छ…
वर्तमान व्यवस्था असफल भएको थप पुष्टि भयो -राप्रपाको निष्कर्ष

वर्तमान व्यवस्था असफल भएको थप पुष्टि भयो -राप्रपाको निष्कर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान व्यवस्थाबारे आफ्नो पार्टीले पटक पटक उठाउँदै आएको प्रश्न थप मजबुत बनेको निष्कर्ष निकालेको छ । वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उद्घोष आफूहरूले पहिल्यै गरेको र पछिल्लो जेनजीहरूको प्रदर्शनले त्यो विषयलाई थप पुष्टि गरेको राप्रपाले बताएको छ ।बिहीबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले अहिलेकै संविधानबाट मुलुकलाई अघि बढाउन खोज्नु फेरि पनि असफलतातिर धकेल्नु हो भन्ने निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । ‘अब भविष्यमा देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालिन द्वन्द्वमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाएर नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न सबै राजनीतिक…
असोज १ मा शोक बिदा दिने सरकारको निर्णय

असोज १ मा शोक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । उनका अनुसार, सरकारले आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत पाँच लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।  घाइतेहरूको निःशुल्क उपचार, दुर्गममा शव सम्बन्धित स्थानमा लैजान निःशुल्क हेलिकोप्टर वा सवारीसाधन उपलब्ध गराउने निर्णय भएको छ । दाहसंस्कारमा पनि सघाउने निर्णय भएको मन्त्री अर्यालले…
नेपालकाे पहिलो महिला प्रधानन्यायाधीश नै पहिलो महिला प्रधानमन्त्री

नेपालकाे पहिलो महिला प्रधानन्यायाधीश नै पहिलो महिला प्रधानमन्त्री

जेन–जी विद्रोहको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्क्रीमा नियुत्त भएकी छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो कार्यकारी प्रमुखको इतिहास पनि रचेकी छन् । कार्की ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्क्रीमा नियुत्ति भएलगत्तै उनको सिफारिसमा शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा आगामी २१ फागुनमा निर्वाचन गर्न मिति तोकिएको छ । सोमबार सुरु भएको जेन–जी आन्दोलनको दबाबले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने मुख्य माग अघि सारेको जेन–जीका प्रतिनिधि र सरोकारवाला पक्षबीच भएको चरणबद्ध छलफलबाट कार्कीलाई प्रधानमन्त्री बनाउने टुंगो लागेको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.