बराह सेराेफेराे

Breaking 1

Gen Z काे प्रदर्शनमा बालेन साहकाे पुर्ण समर्थन

Gen Z काे प्रदर्शनमा बालेन साहकाे पुर्ण समर्थन

काठमाण्डाैका मेयर बालेन साहले फेसबुकमा स्टाटस लेख्दै नया पुस्ताकाे उदयमा मेराे पनि समर्थन रहेकाे भनि लेखेका छन् । Gen Z ले Sep. 8 मा माइतिघर अगाडि १३ बर्ष देखी २८ वर्ष उमेर समुहका युवाहरुलाइ विद्यालय पाेसाकमा उपस्थित हुन भनेका हुन । जस्मा काठमाण्डाैका मेयर बालेन साहले पनि आफ्नाे समर्थन जनाएका छन् । नेपाल सरकारले हालै बन्द गरेकाे सामाजिक सञ्जाल र देशमा चरम भ्रष्टचारकाे बिराेधमा आज Gen Z ले प्रदर्शन गर्न लागेका हुन् । आजकाे यस् प्रदर्शनमा ठुला ठुला युटुवर र बिद्वानहरुकाे समेत समर्थन रहेकाे बिभिन्न सामाजिक सञ्जालमा राखिएकाे स्टाटसबाट हेर्न सकिन्छ ।
संघीयता नेपालको आवश्यकता र भविष्यको आधार : वर्षमान पुन

संघीयता नेपालको आवश्यकता र भविष्यको आधार : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका थिए। गृहजिल्ला रोल्पामा संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूबाट गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले तीन तहका सरकारमार्फत जनताका सार्वभौम अधिकार बाँडफाँड गरिएको स्पष्ट पारेका छन् । ‘तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ । सार्वभौम सत्ता जनताको हुन्छ । देशका मालिक जनता हुन्,’ पुनले भने, ‘लोकतान्त्रिक व्यवस्थाअन्तर्गत तीन तहमा जनताका सार्वभौम अधिकार बाँडफाँड भएका छन् ।’ संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्षेत्रबारे थप स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै उनले संघले स्थानीय तहको अधिकार क्षेत्रमा सशर्त कार्यक्रम सञ्चालन गर्नु…
वराहक्षेत्र नगरपालिका संस्थागत क्षमता कार्यसम्पादनमा सुनसरीकै उत्कृष्ट प्रदेशमा पाचाैँ

वराहक्षेत्र नगरपालिका संस्थागत क्षमता कार्यसम्पादनमा सुनसरीकै उत्कृष्ट प्रदेशमा पाचाैँ

नेपाल सरकार संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०८०/०८२ सालको स्थानित तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिकाले लगातात ३ बर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै प्रथम बनेको छ । वराहक्षेत्र नगरपालिकाले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश १ सय ३६ वटा स्थानिय तह मध्य पाचौ स्थानमा रहेको छ। ९० .५० अंङ्क प्राप्त गर्दै इलामको सुर्यदय नगरपालिका कोशी प्रदेशको प्रथम ,…
भारत-चीन सहमति : नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय बिच व्यापार

भारत-चीन सहमति : नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय बिच व्यापार

नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनले फेरि सहमति गरेका छन् । यसले सीमा विवादको घाउ मात्र बल्झेको छैन, नेपालको कूटनीतिक कमजोरी पनि ताजा गराएको छ । नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीच मंगलबार थप सहमति भयो । यो सहमतिले वर्षौंदेखिको नेपाल-भारत सीमा विवादको घाउ फेरि चहर्‍याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यसै महिना सुरुमा चीन र त्यसपछि हुने भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत दुईदेशीय व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकीबीच थप सहमति भएको हो ।
सुनसरी भोक्राहा नरसिंहमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

सुनसरी भोक्राहा नरसिंहमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

२६ साउन, भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएकाे हाे ।
कोरियन भाषा परीक्षाको ५ हजार ३०० कोटा आवेदन खुल्यो

कोरियन भाषा परीक्षाको ५ हजार ३०० कोटा आवेदन खुल्यो

ईपीएस कोरिया शाखाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिएको छ। जसमा १८ वर्षदेखि ३९ वर्षसम्मका नेपाली नागरिकले मात्र आवेदन दिन पाउनेछन् र परीक्षा काठमाडौंमा हुनेछ। ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । उक्त क्षेत्रको भाषा…
बेवारिसे अवस्थामा मृत महिलाको सव

बेवारिसे अवस्थामा मृत महिलाको सव

बेवारिसे अवस्थामा महिलाको सव फेला : बराहक्षेत्र : सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न : ३ कुपिखोलामा बेवारिसे अवस्थामा महिलाको सब फेला परेको छ । बराहक्षेत्र - ३ कुपिखोलामा नाम थर वतन नखुलेको बर्ष अ.४५ को महिला को सब घोप्टे परेको अवस्थामा पानिमा तैरीएको र मृत अवस्थामा फेला परेको स्रोतले जनाएको छ। ई. प्र. का महेन्द्रनगरका जानकारी अनुसार हाल अनुसन्धान भैरहेको छ ।
गाँजासहित इटहरीका दुई जना ब्याक्ती पक्राउ

गाँजासहित इटहरीका दुई जना ब्याक्ती पक्राउ

बराहक्षेत्र : धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट दुई जना ब्याक्ती लागूऔषधसहित पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको यात्रुवाहक बस लाई चेकजाँच गर्दा उक्त बसको डिकीमा रहेको दुईवटा कालो रंगको झोलामा नौ किलोग्राम (९ केजी) गाँजा फेला परेको थियो । सोधपुछका क्रममा ती झोला सोही बसमा यात्रा गरिरहेका इटहरी उपमहानगरपालिका–७ निवासी २४ वर्षीय सुरेश खत्वे र इटहरी ८ निवासी २० वर्षीय तुलसी पासवानको भएको पुष्टि भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.