बराह सेराेफेराे

गाँजासहित इटहरीका दुई जना ब्याक्ती पक्राउ

बराहक्षेत्र : धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट दुई जना ब्याक्ती लागूऔषधसहित पक्राउ परेका छन्।

अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको यात्रुवाहक बस लाई चेकजाँच गर्दा उक्त बसको डिकीमा रहेको दुईवटा कालो रंगको झोलामा नौ किलोग्राम (९ केजी) गाँजा फेला परेको थियो ।

सोधपुछका क्रममा ती झोला सोही बसमा यात्रा गरिरहेका इटहरी उपमहानगरपालिका–७ निवासी २४ वर्षीय सुरेश खत्वे र इटहरी ८ निवासी २० वर्षीय तुलसी पासवानको भएको पुष्टि भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.