बराहक्षेत्र–५ मा टोल विकास संस्था गठन प्रक्रिया सुरु, स्थानीयलाई उपस्थित हुन आग्रह
बराहक्षेत्र नगरपालिका अन्तर्गत वडा नं. ५ कार्यालयले विभिन्न टोल क्षेत्रमा टोल विकास संस्था गठन प्रक्रिया अगाडि बढाएको छ। वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका स्थानीयवासी तथा सरोकारवालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थित हुन आग्रह गरेको हो। वडा कार्यालयका अनुसार चक्रघट्टी सुनसरीको पत्रअनुसार वडा नं. ५ भित्रका विभिन्न टोलमा टोल विकास संस्था गठन गर्न लागिएको हो। यसका लागि स्थानीय बासिन्दा, समाजसेवी तथा चारकिल्लाभित्रका सरोकारवालालाई सहभागिताका लागि आह्वान गरिएको छ। सूचनाअनुसार: २०८३ जेठ २ गते बिहान ९ बजे पिपलु क्षेत्रमा बैठक हुनेछ। २०८३ जेठ ३ गते बिहान ११ बजे हल्सी टोलमा कार्यक्रम राखिएको छ। २०८३ जेठ ४ गते…