बराह सेराेफेराे

जेन्जीमा घाइतेभएकालाइ आफ्नो पीडाभन्दा परिवर्तनको चिन्ता

जेन–जी आन्दोलनका क्रममा घाइते भई उपचाररत युवाहरूले आफ्नो शरीरको पीडाभन्दा पनि देश बन्ने आशा जागेको बताएका छन् । अब भ्रष्टाचार अन्त्य, सुशासन कायम र विकसित देश बन्ने अपेक्षा आफूहरूले गरेको उनीहरूले बताएका हुन् ।

जेन–जी आन्दोलनका क्रममा घाइते हुनेमध्येकी एक हुन्, २० वर्षीया लिजा अधिकारी । मोरङको रतुवामाई नगरपालिका–८ की लिजा बीबीए ७ औं सेमिस्टर पढ्दै छिन् । उनलाई सानैदेखि भ्रष्टाचारविरुद्ध बोल्नुपर्छ भन्ने लाग्थ्यो । टिकटकबाट जेन–जी प्रदर्शनबारे जानकारी पाएकी उनलाई यो भ्रष्टाचारविरुद्ध प्रस्तुत हुने मञ्च हो भन्ने लाग्यो ।

काठमाडौंको बालकुमारीमा कोठा भाडामा बस्दै आएकी उनी गत सोमबार कलेज छाडेर ११ बजे माइतीघर पुगिन् । भ्रष्टाचारविरुद्ध पम्प्लेट र पोस्टरसहित नाराबाजी गर्दै उनी र्‍यायालीमा सहभागी भइन् । त्यसपछि र्‍याली बानेश्वर पुग्यो । शान्तिपूर्ण आन्दोलन भनेर गएकी लिजालाई बानेश्वरमा पुगेपछि देब्रे हातमा गोली लाग्यो ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.