बराह सेराेफेराे

काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन

सुनसरी जिल्ला बराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले काठमाडौँका प्रख्यात गजलकार मानन्धर अभागीको एकल गजल वाचन आज सम्पन्न ।
संस्थाका अध्यक्ष शरण कुमार लिम्बूको सभाध्यक्षता र पूर्वका प्रख्यात गजलकार विवश बलिभद्र कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम राखिएको थियो।स्वर्णिमद्वारा मानन्धर अभागीको एकल गजल वाचन र संस्थासँग सम्झौता सम्पन्न गरिएको छ ।

अतिथिगणलाई संस्थाका उपाध्यक्ष लक्ष्मण कटुवालले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।
कार्यक्रममा स्वर्णिम साहित्य समाजका भावि कार्यक्रमलाई सफल पार्न बराहक्षेत्रमा रहेको प्याब्सन र चतरामा रहेको लिङ्क प्रेसबित सम्झौता गरिएको छ।संस्थाका अध्यक्ष शरण कुमार लिम्बू र प्याब्सन बराहक्षेत्रका सचिव अवियोग राई र लिङ्क प्रेसका सञ्चालक विश्व राईले सम्झौता हस्ताक्षर गरेका छ्न ।
प्याब्सन बराहक्षेत्रले १ वर्ष र लिङ्क प्रेसले ३ वर्षका लागि सम्झौता गरेको हो।


कार्यक्रममा मानन्धर अभागीको एकल गजल वाचनले माहोल तातिएको थियो।उनले समसामयिक,प्रेमिल र सन्देशमूलक दर्जनौँ गजल वाचन गरेका थिए।
स्वर्णिम साहित्य समाजको आगामी माघ ३ देखि हुने स्कुलमा कविता सिजन ३ का निर्णायक सार्वजनिक समेत गरेको छ।निर्णायकका रुपमा बराहक्षेत्रका कवि सविता फागो र कवि युवराज भट्टराईलाईअडिसन भरिका निर्णायकका रुपमा चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि विवश बलिभद्र कोइरालाले साहित्य सिर्जनाले सबैलाई बराबरी सम्मान गर्छ,समाज रुपान्तरणमा काम गरिरहन्छ यस्ता संस्थालाई स्थानीय सरकारले माया गर्नु पर्ने विचार राख्नु भएको थियो।


कार्यक्रमका विशिष्ट अथिती बराहक्षेत्र प्याव्सन सचिव अवियोग राई,वडा नं ५ का वडाध्यक्ष रोहित काफ्ले र वडा नं ७ का वडाध्यक्ष कपिल आचार्यले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थाले गजलकार मानन्धर अभागीलाई सम्मान पत्रका साथ दोसल्लाद्वारा सम्मान समेत गरेको थियो।
सुनसरी,मोरङ,धनकुटा,इलामदेखिका साहित्यिक व्यक्तित्व,वपभिन्न संघसंस्थाका प्रमुख व्यक्तिहरुको उपस्थिति रहेको थियो। बराहक्षेत्र वडा नं ५ को सभाहलमा राखिएको कार्यक्रम संस्थाकी सचिव सविता फागो लिम्बूले सञ्चालन गरेकी थिइन्।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.