
वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरा धाममा श्रावण महिनाको सोमवार लाग्ने बोलबम मेलाको व्यवस्थापनकालागि मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको छ ।
नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ वडा कार्यालयले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाले मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको छ ।
वडा नं १ का कार्यवाहक अध्यक्ष दिपक राई को सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल नगरपालिका प्रशासनका शाखाका प्रमुख राजकुमार गौतम , राजनैतिक दलका प्रतिनिधि , वडाका जनप्रतिनिधि ज्युहरु कर्मचारी हरु , नेपाल रेडक्रस सोसाईटी उसशाखाका अध्यक्ष , चतरा अस्पताल प्रतिनिधि , उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष , सुरक्षा निकाय अधिकारी ज्युहरु , पत्रकार ज्युहरू, धार्मिक सङ्घ, संस्थाका प्रतिनिधि हरूको सहभागिता रहेको थियो ।श्रावण महिनामा चतराधाम स्थित कौशिकी (कोशी) नदीको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्वर बाबा धाममा चढाउने परम्परा रहेको छ।
स्रोत सचिवालय