विकासका पूर्वधारहरु निर्माण र विनाश
विकासका पूर्वाधारहरुमध्ये मोटरबाटोलाई महत्वपूर्ण पूर्वधारको रुपमा प्राथमिकता दिइन्छ । विशेषगरगरि ग्रामिण सडकले नै कृषि , व्यपार पर्यटन, मानव स्वास्थ्य, शिक्षा आदिको ढोका खोल्दै गाउँ र सहर बिचको असमानता हटाउन महत्वपूर्ण भुमिका खेल्छ । अहिले नेपालमा सघं, प्रवेश र स्थानीय तहको बजेट ग्रामिण सडक बनाई समृद्ध नेपाल निर्माण गर्ने अभिलाषा मै बढि जोड दिएको पाईन्छ तर मोटरबाटो बने संगै गाउँघर तिर पहिरो र भु—क्षय बढिरहेको छ । बर्षामा नेपाल अधिकाँश ग्रामिण सडक र गाँउवस्तीहरुमा पहिरो नै मुख्य कारक तत्व बन्ने गर्दछन् । जसका कारण तल्लो तटीय क्षेत्रमा पानीको गुणस्तरमा ह्रास र परिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव परिरहेको छ । वातावरणीय समस्याहरु थपिदै…