बराह सेराेफेराे

Breaking 3

वराहक्षेत्र नगरपालिकाले वक्तित्वकला प्रतियोगिता र चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न

वराहक्षेत्र नगरपालिकाले वक्तित्वकला प्रतियोगिता र चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न

बराहक्षेत्र सुनसरी । बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले आयोजना गरेको वक्तित्वकला प्रतियोगिता र चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम जनहित कलब को सभा हलमा आज सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अथिती नगर प्रमुख रमेश कार्की विशिष्ट अथिती नगर उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तम राज भारती लगायत विद्यालयका शिक्षक अबिभावक हरुको उपस्थितिमा भएको थियो । वक्तित्वकला प्रतियोगितामा आधारभुत ( कक्षा ६-८) तह तर्फ २९ वटा बिद्यालयका विद्यार्थी हरुले भाग लिएको थिए । र माध्यमिक (कक्षा ९-१० ) तहतर्फ २१ वटा बिद्यालयको सहभागिता…
उठाै युवा भन्दै नेकपा (एमाले) इनरूवा नगरकमिटिकाे बृहत् माेटरसाइकल रियाली

उठाै युवा भन्दै नेकपा (एमाले) इनरूवा नगरकमिटिकाे बृहत् माेटरसाइकल रियाली

सुनसरी, इनरूवा । नेकपा (एमाले) इनरूवा नगरकमिटिले आज देशभर एकैसाथ उठौ युवा भन्ने अभियानमा मोटरसाइकल रियाली निकालेको हो । जसमा देशै भरिका सम्पुर्ण नगरकमिटिलाइ यो रियालिमा सहभागि हुन आह्वान गरिएको थियो । इनरुवा नगरपालिका भित्र पनि युवाहरुलाइ मोटरसाइकल रियालीमा सहभागी हुन भनिएको थीयो । जसमा इनरुवाको ओम साइराम पाटिप्यालेसबाट रियाली निकाली शान्तिचोकमा कोडसभा गरिएको छ । https://www.youtube.com/watch?v=M7nF80N7Ssk
खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु : खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु , सुनसरी बराहक्षेत्र नगरपालिकाले गाईभैंसीमा देखा पर्ने खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान नगरले सुरु गरेको छ । अभियानको शुभारम्भ वडा नं. २ स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको गाई फार्मबाट सुरु गरिएको छ । "गाईभैंसीमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाऔं, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्‍याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔं" भन्ने नाराका साथ सञ्चालन भएको अभियान कार्तिक २३ गतेदेखि मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल,वडा न: २ वडा अध्यक्षय होम प्रशाद गौतम तथा स्थानीय…
बराहक्षेत्रमा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बराहक्षेत्रमा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

सुनसरी । बराहक्षेत्र मा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न : बराहक्षेत्र नगरपालिकामा रहेर मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहेका दुई वटा लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २०८२ साल कार्तिक २२ गते शनिबारका दिन एक समारोहका बीच लायन्स क्लब अफ सप्तकोशी डायनामिकको अध्यक्षमा दिपाञ्जली बस्नेत र लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जरको अध्यक्षमा अभिषेक कार्की पदस्थापित भए ।कोसी प्रदेश सभा सदस्य माननीय ममता योञ्जन तामाङ ज्यूको समुपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ सी का डिष्ट्रिक गभर्नर बबरजंग थापा ज्यूले सपथ ग्रहण गराउनु भयो । लायन्सका उच्च पदस्त…
मोहम्मद अफताब आलमको निधन

मोहम्मद अफताब आलमको निधन

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ । चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनकाे मृत्यु भएको हाे ।
जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंक कृषकलाई मार

जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंक कृषकलाई मार

सुनसरी । वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंकका कारण कृषकको धानवालीमा क्षति भएको छ । जंगली हात्तीको कारण भएको क्षतिबाट प्रभाबित हुनु भएका जब्दी क्षेत्रका कृषकहरुसंग क्षतिको जानकारी लिदै नगर प्रमुख श्री रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक दिवस कुवरले आज त्यस क्षेत्रकाे अवलाेकन गर्नु भएकाे छ ।
वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको घुइँचो

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको घुइँचो

बराहक्षाेत्र । हरिबोधिनी एकादशी मेलाको अन्तिम दिन श्रद्धालु भक्तजनहरूको घुइँचो । वराहक्षेत्र नगरपालिका वडा न: १ स्थित प्रसिद्ध धार्मिक तीर्थ वराहक्षेत्र धाम मन्दिर परिसरमा आयोजना भएको कार्तिके हरिबोधिनी एकादशी मेलाको आज अन्तिम दिन श्रद्धालु भक्तजन र तीर्थालुहरूको आज अन्तिम दिन हुदा पनि ठूलो भिड लागेको छ। मङ्गलवार साँझदेखि नै भारतका लगाएत विभिन्न स्थानबाट उल्लेखनीय संख्यामा तीर्थालुहरू वराहक्षेत्र पुग्न थालेका थियो । हरेक वर्ष हरिबोधिनी एकादशीका दिनबाट सुरु हुने यो मेला पूर्णिमासम्म, पाँच दिनसम्म निरन्तर चल्ने परम्परा रहिआएको छ। मेलामा वराहक्षेत्र मन्दिर, कोशीपुल र चतरा क्षेत्रमा धार्मिक अनुष्ठान, दर्शन पूजापाठ तथा स्नान गर्ने भक्तजनहरूको विशेष चहलपहल देखिएको थियो ।
नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ – माेदिले भने

नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ – माेदिले भने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ ।’
सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो हालसम्मकै उच्च

सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला  दुई लाख ७ हजार ९०० कायम भएको छ ।  मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँचले घटेर  दुई हजार ४८० कायम भएको छ ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.