बराह सेराेफेराे

खेलकुद

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो । पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।
प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

पोखरा ।  प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण पदक संगै नगद रु ३५ हजार हात पारे । पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगितामा गोर्खाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै रजत पदक प्राप्त गरे । उनले नगद रु २५ हजार हात पार्दा गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गर्दै नगद रु १५ हजार समेत् पाए । प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै पदकका साथमा नगद १० हजार…
स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

पोखरा । भलिबलका टहल सिंह थापा मगर नेपालकै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् । काठमाण्डौमा जारी एनससी काभा ओमेन्स भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत सम्पन्न तिन खेलमा रेफ्रिको भूमिकामा उनको उत्कृष्ट प्रदर्शन संगै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका हुन् । विगतमा बंगलादेश, हङकङ, नेपाल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरे पनि काठमाण्डौमा जारी काभा महिला भलिबल च्यालेन्ज कप एभिसीद्वारा मान्यता प्राप्त अफिसियल खेल भएको कारण, उनले एभिसी अन्तर्राष्ट्रिय हुने अवसर प्राप्त गरेका हुन् । यस अघि नेपालबाट अन्तर्राष्ट्रिय रेफ्रिको रुपमा गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्रबदना राई पछि पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि…
काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनमा आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न भने सकेको छैन । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको…
विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह (ए) मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । प्रतियोगिताम कुल १० टिमले भारतमा…
पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए । ‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । “यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो” उनले भने–“यो ठाउँलाई कायाकिङ खेलको विकासका…
विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् । मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक…
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो । साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।
न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

काठमाडौं । पाहुना टोली न्युजिल्यान्डलाई चौथो एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० खेलमा घरेलु टोलीले सानदार रुपमा हराएको छ । कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै घरेलु टोली आईसीसीको ओडिआई वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियालाई पछि पार्दै पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ । नयाँ वरीयतामा अष्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । भारत तेस्रो,इंग्ल्यान्ड चौथो तथा न्युजिल्यान्ड पाँचौ स्थानमा रहेका छन्। नेपाल भने १४ औं स्थानमा यथावत रहेको छ ।
पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

 पोखरा । शनिबार हुने पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा भएको छ । शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ । यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.