बराह सेराेफेराे

सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम

नेपाल विद्यार्थीसंघ सप्तकोसी बहुमुखी क्याम्पसका इकाई समितिको सभापति शिशिर तामाङ मनोनीत भएको ७ दिनमा सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीसंग नेविसंघ अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो।

उक्त कार्यक्रममा प्रमुख अथिति क्याम्पस प्रमुख शुशिल कोइराला, विशिष्ट अथिति पव्लिक प्रध्यापकसंघ सभापति केसब पुरी , अथितिहरु सिक्षक दिपक श्रेष्ठ, उमेश खड्का , बिष्णु न्यौपाने, भरत बिष्ट नेविसंघ नगरसभापति कुशल सिक्देल तथा सम्पुर्ण नेपाल विद्यार्थीसंघमा आस्थवान विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम समपान भएको थियो ।

कार्यक्रमको मन्तव्यमा भर्खर मनोनीत भएका सप्तकोसी बहुमुखी क्याम्पस इकाई समितका सभापति अर्जुन तामाङ ( शिशिर) ले बि.पि जयन्ती को उपलक्ष्यमा नेविसंघ इकाई समिति द्वारा ५ लाखको बि.पि. स्मृति अक्षयकोष स्थापना गर्ने घोषण गरेका छन ।

उक्त अक्षयकोषले हरेक विपन्न परिवारका विद्यार्थीहरुको छात्रवृत्ति प्रदान गर्ने उदेश्य अक्षयकोष स्थापना गर्न लागिएको इकाई सभापति अर्जुन तामाङ शिशिरले बताए।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.