शुक्रबार पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय)ले एक विज्ञप्ती जारी गरि लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरिएको जानकारी दिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनको गुप्तचर विभाग डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डिआइए)का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरेका छन्। क्रुसबाहेक थप दुई जना उच्च सैन्य अधिकारीहरूलाई पनि बर्खास्त गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मन्त्री हेगसेथले अमेरिकी नौसेना रिजर्भका प्रमुख र नौसेना विशेष युद्ध कमान्डका कमान्डरलाई पनि पदबाट हटाउने आदेश दिएका छन्। तीनै जनालाई पदमुक्त गर्नुको कारण भने पेन्टागनले अहिलेसम्म खुलाएको छैन।
उनीहरूलाई जिम्मेवारीबाट हटाउनुको कारण इरानमा अमेरिकी हमलापछि सार्वजनिक भएको प्रतिवेदन हो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स लगायत विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
इसराइल र इरानबीच युद्ध चलिरहँदा गत जुन २२ मा अमेरिका पनि इरानविरूद्धको युद्धमा होमिएको थियो।
अमेरिकाले शक्तिशाली जिबियू-५७ बंकरभेदी बम इरानको तीनवटा परमाणु अड्डामा खसालेको थियो।
स्राेत सेताेपाटी