बराह सेराेफेराे

नेपालकाे पहिलो महिला प्रधानन्यायाधीश नै पहिलो महिला प्रधानमन्त्री

जेन–जी विद्रोहको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्क्रीमा नियुत्त भएकी छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो कार्यकारी प्रमुखको इतिहास पनि रचेकी छन् ।

कार्की ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्क्रीमा नियुत्ति भएलगत्तै उनको सिफारिसमा शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा आगामी २१ फागुनमा निर्वाचन गर्न मिति तोकिएको छ ।

सोमबार सुरु भएको जेन–जी आन्दोलनको दबाबले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने मुख्य माग अघि सारेको जेन–जीका प्रतिनिधि र सरोकारवाला पक्षबीच भएको चरणबद्ध छलफलबाट कार्कीलाई प्रधानमन्त्री बनाउने टुंगो लागेको हो ।

कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति पौडेल र जेन–जीका प्रतिनिधिबीच बिहीबारै वार्ता सुरु भएको थियो । कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा बेलैमा सहमति जुटे पनि संसद् विघटनबारे दुवै पक्षले लामो समय अडान राखे । रातभरमा सहमति नजुटेपछि शुक्रबार बिहान करिब ३ बजे वार्ता स्थगन गरिएको थियो ।

प्रधानमन्त्री कार्कीका ३ प्रमुख चुनौती

१. भ्रष्टाचारविरुद्ध उच्चस्तरीय जााचबुझसहित आन्दोलनका एजेन्डा सम्बोधन

२. २३ भदौमा जेन–जीमाथि भएको बर्बर दमन तथा २४ भदौमा भएको आगजनी तथा लुटपाटको अनुसन्धान र दोषीलाई कारबाही

३. निर्धारित समयमै शान्तिपूर्ण निर्वाचनमार्फत सत्ताको सहज हस्तान्तरण

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.