बराह सेराेफेराे

बराहक्षेत्रमा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

सुनसरी । बराहक्षेत्र मा दुई लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न :


बराहक्षेत्र नगरपालिकामा रहेर मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहेका दुई वटा लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २०८२ साल कार्तिक २२ गते शनिबारका दिन एक समारोहका बीच लायन्स क्लब अफ सप्तकोशी डायनामिकको अध्यक्षमा दिपाञ्जली बस्नेत र लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जरको अध्यक्षमा अभिषेक कार्की पदस्थापित भए ।
कोसी प्रदेश सभा सदस्य माननीय ममता योञ्जन तामाङ ज्यूको समुपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ सी का डिष्ट्रिक गभर्नर बबरजंग थापा ज्यूले सपथ ग्रहण गराउनु भयो । लायन्सका उच्च पदस्त नेताहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य माननीय ममता योञ्जन तामाङले लायन्सले सामाजिक सेवाका क्षेत्रमा देशैभरी गरेको कार्यक्रम आफूले नजिकबाट अनुभव गरेको त्यसबाट प्रभावित भएका कारण लायन्सहरूको कार्यप्रति सम्मान व्यक्त गर्दै कार्यक्रममा उपस्थित भएको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्र रहेको धरान र बराहक्षेत्रमा लायन्सले गरेका गतिविधिहरू उत्कृष्ट रहेको र निरन्तर त्यसै किसिमको लायन्सको सक्रियता समाजलाई आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पूर्व लायन्सकर्मी समेत रहेका बराहक्षेत्र ७ का वडा अध्यक्ष कपिल आचार्यले बराहक्षेत्रमा लायन्सले निर्वाह गरेको भूमिका उच्च रहेको बताए । डिष्ट्रिकका अधिकांश लायन्स नेताहरूले बराहक्षेत्रका दुबै क्लबले समाजमा पुर्याइरहेको सेवाको मुक्तकण्ठले प्रशंसा गरे । उक्त समारोहमा लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बर्षभरि उत्कृष्ट कार्य गर्ने कोषाध्यक्ष मौसम न्यौपाने र सदस्य रितेश कुमार चौधरीलाई सस्थाले सम्मान गरेको छ ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.