बराह सेराेफेराे

बराहक्षेत्र–५ मा टोल विकास संस्था गठन प्रक्रिया सुरु, स्थानीयलाई उपस्थित हुन आग्रह

बराहक्षेत्र नगरपालिका अन्तर्गत वडा नं. ५ कार्यालयले विभिन्न टोल क्षेत्रमा टोल विकास संस्था गठन प्रक्रिया अगाडि बढाएको छ। वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका स्थानीयवासी तथा सरोकारवालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थित हुन आग्रह गरेको हो।

वडा कार्यालयका अनुसार चक्रघट्टी सुनसरीको पत्रअनुसार वडा नं. ५ भित्रका विभिन्न टोलमा टोल विकास संस्था गठन गर्न लागिएको हो। यसका लागि स्थानीय बासिन्दा, समाजसेवी तथा चारकिल्लाभित्रका सरोकारवालालाई सहभागिताका लागि आह्वान गरिएको छ।

सूचनाअनुसार:

  • २०८३ जेठ २ गते बिहान ९ बजे पिपलु क्षेत्रमा बैठक हुनेछ।
  • २०८३ जेठ ३ गते बिहान ११ बजे हल्सी टोलमा कार्यक्रम राखिएको छ।
  • २०८३ जेठ ४ गते बिहान ११ बजे गुम्बा टोल, कालाबजार क्षेत्रमा बैठक आयोजना गरिनेछ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.