बराह सेराेफेराे

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल रातिको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेका छन्। उनीहरू दुवै जना जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी रहेको बताइएको छ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.