
राहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास कार्य सम्पन्न गरिएको छ ।
शव दाहा स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल ले गर्नु भएको छ ।
वराहक्षेत्र नगरपालिकाले मारवडी सेवा समिति धरानसंगको सहकार्यमा उक्त दुर्वासा घाट क्षेत्रको व्यवस्थापनकालागि भौतिक संरचना , सौन्दर्यकरण लगायतको कार्य सुरु गर्ने योजना अनुसार शव दाहा स्थलको शिलान्यास गरिएको हो ।
उक्त शव दाहा स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल को प्रमुख आतिथ्यता रहेको थियो ।
बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की को सभाध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ्ग , माननीय योसोदा कायश्थ , नगर उपपमुख नन्दकुमारी सुनुवार प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वाल बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्ष प्रकाश बस्नेत वडा नं १ का अध्यक्ष किसन थापा मगर , वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम वडा नं ४ का अध्यक्ष आशाराम चौधरी , वडा नं ५ का अध्यक्ष रोहित काफ्ले वडा नं २ का निवर्तमान वडा अध्यक्ष हरिकृष्ण भट्टराई मारवडी सेवा समिति धरानका अध्यक्ष पितरुमल अग्रवाल जगद गुरु पिठ तथा राधाकृष्ण भक्ति साधना प्रतिष्ठानका महासचिव प्रल्लाद भट्टराई , सचिव उद्बव प्रसाद घिमिरे उद्योग बाणिज्य संघ वराहक्षेत्रका अध्यक्ष तुलसी बहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ता , उद्योग बाणिज्य संघ चतरा अध्यक्ष कृष्ण कटेल राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी वडा सदस्य संघसंस्थाका प्रतिलनिधि मारवडी सेवा समिति धरानका पदाधिकारी सल्लाहकार पत्रकार हरु लगायतकाको उपस्थितिमा दुर्वासा घाटको शिल्यानास उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो ।