
आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५ औं स्थापना दिवसको अवसरमा प्याब्सन वराहक्षेत्र नगर कार्य समितिले एक औपचारिक कार्यक्रम आयोजना गरी बराहक्षेत्र नगर अस्पताल लाई दुई थान बिरामी प्रतिक्षालय हस्तान्तरण गरेको छ। प्याब्सन बराहक्षेत्र नगर कार्य समितिको अध्यक्ष खेमराज दुमी राई ज्यूको सभा अध्यक्षता नगर अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष तथा वराहक्षेत्र नगर उपप्रमुख नन्द कुमारी सुनुवार ज्यूको प्रमुख आतिथ्यतामा अस्पताल निमित प्रमुख दिवस विष्ट , स्वस्थ शाखा प्रमुख डा धनराज यादव ,मेडिकल अधिकृत चिर्नबिजी बस्नेत को उपस्थिति रहनु भएको थियो ।

हरेक वर्ष प्याब्सन स्थापन दिवसको अवसरमा प्याब्सन ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको र यस वर्षको स्थापन दिवसको अवसरमा नगर अस्पताल लाई प्रतिक्षालय प्रदान गरेको नगर अध्यक्ष खेमराज दुमी ले बताउनु भएको छ । कार्यक्रम नगर सचिव अबियोग राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।