बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
१०+१ संधियता के हो ?

१०+१ संधियता के हो ?

पहिचानका ५ आधार(जातीय/समुदाय, भाषिक, सांस्कृतिक, भौगोलिक, क्षेत्रगत निरन्तरता एवं ऐतिहासिक निरन्तरता) र सामथ्र्यका ४ आधार (आर्थिक अन्तर सम्वन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भवना,प्राकृतिक साधन र स्रोतको उपलब्धता, मानव संसाधन र प्रशासनिक सुगमता) लाई आधार बनाएर १० वटा स्वयत्त प्रदेश हुनुपर्छ, यदि त्यसो भयो भने अंन्तराष्ट्रिय क्षेत्रमा सफल संघीय राज्य भएका वेल्जियम, स्विजरल्याण्ड लगायत राष्ट्रको जस्तो हुन्छ, भनी संविधानसभा अन्तर्गत सवै पार्टीका प्रतिनिधी र विज्ञ समूहसमेत सम्मिलित गरी राज्य पुनर्संरचना समिती र आयोग बनाइएको थियो । जसले दिएको निपक्ष प्रतिवेदनमा¬ ¬१० ओटा संघीय संरचना भूगोल सहितको र एउटै क्षेत्रमा जनसंख्या १% नपुग्ने तर देशभर छरिएर रहेको १३–१४% जनसंख्या ओगटेको…
आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

दमौली । तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन तनावमा छन् । राममायाको श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताउनुभयो । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किनु भएको छ । विकले वेपत्ता परिवारको खेजी गरिदिन अपिल गर्नु भएको छ । आफ्ना लगायत सबै तिर खोजी…
ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

दमौली । नेपाल टेड युनियन काँग्रेस तनहुँको अध्यक्ष पदमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । अध्यक्षमा निर्वाचित नागिला यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्नु भएको थियो । अध्यक्षमा केसी, नेपाल शिक्षक संघको तर्फबाट प्रमोद न्यौपाने, हरिभक्त सुवेदी, ओजराज बगाले गरी चार जना आकांक्षी मध्ये सर्व सम्मत चयन गर्न गठित समितिले केसीलाई चयन गरेको हो । नव गठित समितिको उपाध्यक्ष खुल्लातर्फ विश्वनाथ अधिकारी, महिलातर्फ कमलादेवी काफ्ले, सेवाक्षेत्र तर्फ प्रमोद सोती, उत्पादन क्षेत्र तर्फ सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगारतर्फ देवी न्यौपाने पौडेल चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पशुपति…
पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी बनाएर लाभ लिएको कसुरमा देशका उच्च कर्मचारी तथा नेताहरु दोषी देखिएका छन् । प्रहरीले यो प्रकरणमा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री तथा नेकपा ९एमाले० का सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दियो। रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्। उनले आफू अर्घाखाँचीमा रहेको र पक्राउ पुर्जीबारे थाहा नभएको बताएका छन्। यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता…
रियासा र भिक्टोरले गरे विवाह

रियासा र भिक्टोरले गरे विवाह

नेपाली रंगक्षेत्रमा लोकप्रियता कमाएकी हास्य कलाकार तथा मोडेल रियासा दाहाल र सञ्चारकर्मी भिक्टोर पौडेल विवाह बन्धनमा बाधिएका छन् । दाहाल र पौडेलले लामो समयको प्रेमलाई औपचारिकता दिदै बुधबार लगनगाँठो कसेका हुन् । पौडेल रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज मार्फतमा सक्रिय रहेका छन् । यता दाहाल भने ‘गाह्रो छ हो’ टेलिसिरियल मार्फत दर्शक माझ लोकप्रिय रहेकी छन् । बाग्लुङका पौडेल र काठमाण्डौँकी दाहालले सामाजिक परम्परा अनुसार काठमाण्डौँ विवाह गरेको हुन् । तनहुँको दुलेगौडा स्थित बालविद्या मन्दिर माविमा अध्ययन गरि उच्च शिक्षाका लागि काठमाण्डौँ पुगेका पौडेल रुटिन अफ नेपाल बन्द सञ्चालन गरेपछि चर्चामा आएका थिए ।
गञ्जागोल तार, कुरुप बन्दै बजार

गञ्जागोल तार, कुरुप बन्दै बजार

अशोक विश्वकर्मा / दुलेगौँडा । देशका अधिकाँश शहरका बिजुली पोलमा देखिने गन्जागोल तारलाई भूमिगत गर्न नसक्दा शहर बजारको सौन्दर्यमा असर परिरहेको छ । तनहुँका अधिकाँश बजारमा निजि सेवा प्रदायक नेट तथा केवल सञ्चालकहरुले अनुमति विना नै अब्यवस्थित रुपमा ताल टाग्ने गरिरहेका छन् । दुलेगौँडा बजारका पोलहरुमा समेत यस्ता कम्पनीहरुको तार यत्रतत्र देख्न सकिन्छ । गञ्जागोल तारका कारण बजार अस्तब्यस्त त देखिन्छ नै दुर्घटना समेत बढ्ने दुलेगौडाका भरत लामगादेको भनाई छ । लामगादेले पोलहरुमा आवश्यक भन्दा बढी तारले दुर्घटना निम्त्याउनुका साथै भद्रगोल देखिएकाले ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सम्वन्धित सरोकारवालाले भद्रगोल नहुने गरि तार राख्दा हुने भएता पनि तारको थुप्रो…
ज्ञानी हुने कला

ज्ञानी हुने कला

मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ । यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक÷प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ । सिक्ने समूह सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक…
तनहुँ योग साधनामय बन्दै

तनहुँ योग साधनामय बन्दै

अशोक विश्वकर्मा/दुलेगौँडा । झण्डै ७ बर्ष अघि एक ब्यक्तिको प्रयासले अहिले जिल्लाको शुक्लागण्डकी नगरपालिका योगमय बन्ने बाटोमा अग्रसर छ । २०७३ श्रावणमा बोलबम समुह गठन गरेर धार्मिक कार्यक्रम गर्दै आएका दुलेगौँडाका ऋषेश्वर भुवाईले यो समाजलाई योगसँग जोड्ने योजना बनाएका थिए । धार्मिक समुहको नेतृत्व गरिरहेको भुवाईले आफ्नै प्रयासमा योग शिक्षा फैलाएर स्वस्थ्य समाज निर्माण गर्ने प्रण गरेर प्रक्रिया अघि बढाएका थिए । विभिन्न ब्यक्ति र संस्था समक्ष पुगी शुक्लागण्डकीमा योग शिक्षा भित्राउन पहल गरेका भुवाईले आज यसको महत्व नागरिक स्तरमा बढ्दै जान थालेको बताए । योग विस्तार गर्ने क्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र समक्ष पुगेर योग शिक्षा…
अनुशासन तोडेपछि मेस्सीलाई पिएसजीको कारवाही

अनुशासन तोडेपछि मेस्सीलाई पिएसजीको कारवाही

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ । क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् । पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो । निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन् ।
माओबादी धोकेवाज भयो– माधव नेपाल

माओबादी धोकेवाज भयो– माधव नेपाल

सुर्खेत । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीले नेकपा माओवादीले धोका दिन थालेको गुनासो गरेका छन् । सत्ता साझेदारीमा माओबादीले नेकपा एसलाई बेवास्ता गरेको भन्दै उनले माओबादीप्रति रुष्टता ब्यक्त गरे । सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको समेत बताएका हुन् । ‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’ खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.