बराह सेराेफेराे

मनोरञ्जन

अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् । सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सरकारले सुटिङ हबको रुपमा विकास गर्ने बताएपनि सोहीअनुसार विदेशी फिल्मलाई आकर्षित गर्न प्रोत्साहन र सुविधाका कार्य हुन सकेका छैनन् । यद्यपि, छायांकन भइसकेका फिल्मको उक्त तथ्यांक आफैंमा खुसीको कुरा हो । नेपालमा छायांकन गर्नेमा भारत, अमेरिका र बेलायतका फिल्म बढी छन् । त्यसबाहेक आइसल्याण्ड, फ्रान्स,…
‘बैमानी’मा पुष्प र कविताको रोमान्स (भिडियो)

‘बैमानी’मा पुष्प र कविताको रोमान्स (भिडियो)

गायक पेम्बा लामाको स्वरमा 'बैमानी' बोलको गीत सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। उदय सागरको शब्द रहेको गीतमा दिपक विश्वकर्माले संगीत भरेका हुन्। केशवराज भट्टले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता पुष्प खड्का र कविता नेपालीलाई देख्न सकिन्छ। कोरियामा बसिरहेका पेम्बाको यो पहिलो गीत हो। ‘यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु। एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन,’ उनले भने। बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडिओलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। भिडियो : https://www.youtube.com/watch?v=3TZHyPi7DH4&t=1s
बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी  विवाह वन्धनमा बाँधिएकी छन् । तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले माया गरेकै पुरुषलाई जीवनसाथीका रुपमा पाएकी छन् । अस्मिताले सात वर्षदेखिका प्रेमी दोहोरी गायक शक्तिकुमार गोदारसँग लगनगाँठो कसेकी हुन् ।  विवाहमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु उपस्थित छन् । अस्मिता र गोदार चितवनको एउटा दोहोरी साँझमा सँगै काम गर्थे । त्यहीँबाट उनीहरुबीच प्रेम अंकुराएको थियो । अस्मिता एकाएक लाइभ दोहोरीमा हिट…
शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

काठमाडौं । एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ । रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ हुने भएको छ । अब यो फिल्म अगस्ट २५ अर्थात् भदौ ८ गते प्रदर्शनमा आउनेछ । भीएफएक्सका कारण फिल्ममा ढिलाइ भएको जनाइएको छ । शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवानलाई लिएर व्यापक पर्खाइ छ । पठानले नेपालमा १३ करोड रुपैयाँ ग्रस कमाइ गरेको विवरण…
अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

नेपालमा सफल प्रदर्शन भैरहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ। यो फिल्म अष्ट्रेलियामा यही वैशाख २८ गतेबाट प्रदर्शन हुने भएको छ। नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले ‘प्रसाद २’को अष्ट्रेलिया प्रदर्शन गर्न लागेका हुन्। यी दुई कम्पनीले यसअघि फिल्म ‘प्रेमगीत ३’पनि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरेका थिए। ‘प्रसाद २’ले अष्ट्रेलियाका स्थानीय हलहरुमा उच्च शो पाएको बताइएको छ। सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने जनाइएको छ। पहिलो साता शो संख्या १०० पुग्ने वितरकद्वय देव कार्की र रञ्जित वन्तले जानकारी दिए। अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा ‘प्रसाद २’…
रियासा र भिक्टोरले गरे विवाह

रियासा र भिक्टोरले गरे विवाह

नेपाली रंगक्षेत्रमा लोकप्रियता कमाएकी हास्य कलाकार तथा मोडेल रियासा दाहाल र सञ्चारकर्मी भिक्टोर पौडेल विवाह बन्धनमा बाधिएका छन् । दाहाल र पौडेलले लामो समयको प्रेमलाई औपचारिकता दिदै बुधबार लगनगाँठो कसेका हुन् । पौडेल रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज मार्फतमा सक्रिय रहेका छन् । यता दाहाल भने ‘गाह्रो छ हो’ टेलिसिरियल मार्फत दर्शक माझ लोकप्रिय रहेकी छन् । बाग्लुङका पौडेल र काठमाण्डौँकी दाहालले सामाजिक परम्परा अनुसार काठमाण्डौँ विवाह गरेको हुन् । तनहुँको दुलेगौडा स्थित बालविद्या मन्दिर माविमा अध्ययन गरि उच्च शिक्षाका लागि काठमाण्डौँ पुगेका पौडेल रुटिन अफ नेपाल बन्द सञ्चालन गरेपछि चर्चामा आएका थिए ।
सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.