बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
बस दुर्घटनामा परि ८ जना घाइते

बस दुर्घटनामा परि ८ जना घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएको छन् । प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा छन् । घाइतेहरूलाई बर्दिबास स्थित ट्रमा सेन्टर भर्ना गरिएको छ । बर्दिबासस्थित इलाका प्रहरीका अनुसार…
गर्मीबढे सगैँ बिरामी बालबालिकाको सख्या बढ्यो

गर्मीबढे सगैँ बिरामी बालबालिकाको सख्या बढ्यो

जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ छ । उहाँले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिए…
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

२४ जेठ, बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
गण्डकी प्रदेशमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी प्रदेशमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । प्रदेशभित्रका शैक्षिक संस्थाबाट सञ्चालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट सञ्चालन गरिने विषयमा एकद्वार प्रणालीमार्फत प्राविधिक शिक्षालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न छाता ऐन बनाइने भएको छ । अतिविपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जेहेन्दार, द्वन्द्वपीडित र सहिद परिवारका सन्तति लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार र तह पूरा गर्ने दर वृद्धि गर्नका…
तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी-४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । त्यसैगरी म्याग्दे गाउँपालिका-४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ…
भेटिएनन् अझैपनि सुनकोशीमा बेपत्ता ३ कर्मचारीहरु

भेटिएनन् अझैपनि सुनकोशीमा बेपत्ता ३ कर्मचारीहरु

सिन्धुली- सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटृाउन सकिएको छैन । सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु-९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति-७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरु…
गर्मीबढे सगैँ खानेपानीको अभाव

गर्मीबढे सगैँ खानेपानीको अभाव

पाल्पा । गर्मी मौसममा बढी मात्रामा खपत हुने पानी तानसेनमा हाहाकार भएको छ । खानेपानी उपभोक्ता समितिको कार्यकाल सकिएर अवैध हुँदा खानेपानीको समस्या झन बढ्दै गएको हो । तीन वर्षदेखि अवैध रुपमा सञ्चालित समितिको साधारणसभा तथा समिति चयन हुन सकेको छैन । समितिले चार वर्षदेखि साधारणसभा तथा अधिवेशन गर्न सकेको छैन । नयाँ समिति बनाउन लागेको चार वर्ष बितिसकेको भएपनि नयाँ समिति बनाउने काम अलपत्र परेको हो । समितिभित्रका पदाधिकारीबिच भएको विवादका कारण चार वर्षदेखि खानेपानी उपभोक्ता समिति बन्न नसकेको हो । समितिको निर्वाचनको लागी हालै नेपाल वार एशोसिएसन पाल्पालाई जिम्मा दिइएको समितिका सचिव केशव पौडेलले बताए । समितिको निर्वाचनको…
धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मजुवा मा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ५० वर्षका तिलकराज भेडियार र उनको श्रीमती निर्मला भेडियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । पशुपालन गर्दै आएका दम्पती को शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा गाउँ नजिकै फेला परेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । जिल्लामा यो हप्तामा मात्र ३ जनाको हत्या भएको प्रहरीले जनाएको छ।
घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते

घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते

म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीस्थित नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमबार दिउँसो अचानक बाढी आउँदा रघुगंगा-६, कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जालाई बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी अर्की ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ । घटनाको अनुसन्धान र अवस्थाको पहिचान गर्न…
भिरबाट लडेर मृत्यु

भिरबाट लडेर मृत्यु

२३ जेठ, सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए । कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए । दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूणर्िमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.