बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
ढुङ्गा खानीको भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मृत्यु

ढुङ्गा खानीको भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- ४ मा रहेको ढुङ्गा खानीको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोताम बस्ने अन्दाजी ६० वर्षीय हिरे कामी रहेको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय मनरुप टमटा र लटे कामीको घर छाउने ढुङ्गा निकाल्ने क्रममा लडेर उनको मृत्यु भएको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनी भिरबाट करिब ७०० मिटर तल भिरमा खसेका थिए ।
गर्मी बढेसँगैे वाग्मतीको दुर्गन्ध बढेको बारे स्थानियको गुनासो

गर्मी बढेसँगैे वाग्मतीको दुर्गन्ध बढेको बारे स्थानियको गुनासो

काठमाडौँ । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण वाग्मती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र वाग्मती नदीको दोभान छ । दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन् । वाग्मती नदीअन्तर्गतका अन्य पुल तथा वाग्मती करिडोरमा…
चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

जनकपुरधाम । लामो समयसम्म पानी नपरेका कारणले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका एक तिहाई चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या मात्र होइन सरसफाईमा पनि समस्या उत्पन्न भएर अन्य रोगको खतरा पनि उत्पन्न भएको छ । यसका साथै मधेश प्रदेशका पूर्व पश्चिम लोक राजमार्ग क्षेत्रमा भएका इनारहरूमा पानी आउन बन्द भएपछि निक्कै समस्या उत्पन्न भएको छ । खानेपानीको समस्याबाट धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा समस्या उत्पन्न भएको छ । चुरे तथा वनजंगलको दोहनका कारणले पनि पानीका श्रोतहरू सुक्न थालेको छ । जनकपुरधाममा ४५०…
आफ्नै १४ दिने शिशुको हत्या गरी फरार व्यक्ति पक्राउ

आफ्नै १४ दिने शिशुको हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए । उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए…
स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते

स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते

पोखरा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबाट स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका-३ खोले दुर्घटना हुँदा चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए । सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए । दुर्घटनामा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते रहेको उनले जानकारी दिए । उनका अनुसार रिता गर्भवती रहेको र रितालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा…
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

वालिङ। स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व…
महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण

महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । गर्भवती महिलासहित अन्य समस्या भएकाहरूको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो । कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवंशी, निर्मला कार्की र आशा पासमानले स्वंयमसेविकाहरुलाई हरूलाई साइकल वितरण गरे । मेयर कोइरालाले महिला…
दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

दुलोगौडा । नेपालका ७५३ स्थानीय तहमा कार्यरत दलित समुदायका जनप्रतिनिधीहरुले ‘दलित जनप्रतिनिधी महासंघ’ गठन गरेका छन् । दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधीको भूमिका प्रभावकारी बनाउन काठमाण्डौमा गत बैशाख ७ र ८ गते सम्पन्न भएको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको थियो । गत आईतबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा भएको दोस्रो भेला मार्फत नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दीपक विश्वकर्मालाई महासंघको अध्यक्ष चयन भएका छन् । महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन् । महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा चयन भएका छन् । भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना…
दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

दुलोगौडा । नेपालका ७५३ स्थानीय तहमा कार्यरत दलित समुदायका जनप्रतिनिधीहरुले ‘दलित जनप्रतिनिधी महासंघ’ गठन गरेका छन् । दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधीको भूमिका प्रभावकारी बनाउन काठमाण्डौमा गत बैशाख ७ र ८ गते सम्पन्न भएको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको थियो । गत आईतबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा भएको दोस्रो भेला मार्फत नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दीपक विश्वकर्मालाई महासंघको अध्यक्ष चयन भएका छन् । महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन् । महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा चयन भएका छन् । भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.