बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् । शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ ।…
सर्पले डसेर महिलाको मृत्यु

सर्पले डसेर महिलाको मृत्यु

२६ जेठ, सिन्धुली । सर्पले डसेर सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । कार्कीलाई आज शुक्रबार बिहान घरकै पेटीमा सर्पले डसेको थियो । दुधौली नगरपालिका ७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि सिरहाको कर्जना फूलकुमारी महतो मेमोरियल अस्पतालमा लागिएकोमा उनको उपचारकै क्रममा निधन भएको दाहालले बताए ।
गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् । शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ ।…
कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?

कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?

लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण ः १. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ । २. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ । ३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ । ४. कालो, निलो,…
डडेल्धुरामा जिप दुर्घटनामा परि ९ जना घाइते

डडेल्धुरामा जिप दुर्घटनामा परि ९ जना घाइते

कैलाली । डडेल्धुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको नवदुर्गा गाउँपालिका- १ कोटेलीमा से१ज ३२९ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । चरिचरनका लागि जङ्गलमा लगिरहेका बाख्राका कारण जिप दुर्घटना भएको हो। बाख्रा बचाउन खोज्दा जिप सडकमा नै पल्टिएर ९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले जनकारी दिए । नवदुर्गा १ निम्तोलादेखि डडेल्धुरा सदरमुकाम गइरहेको जिप दुर्घटनामा परेको हो ।
हेलिकप्टरबाट एक सुत्केरीको उद्धार

हेलिकप्टरबाट एक सुत्केरीको उद्धार

दार्चुला- दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । लेकम गाउँपालिका-२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । बिहिवार दिउँसो सर्मोली स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि आज बिहान हेलिकप्टरमार्फत उद्धार गरि कणर्ाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।
गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या

गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या

गुल्मी- गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएको छ । बाहिरी जिल्लाबाट बिरुवा भित्रिने तर जिल्लाभित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु बिक्री हुन सकेका छैनन् । कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जटिबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादनमा लागेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज वीर बहादुर कार्की राजनीतिसँगै कृषि पेशामा पनि क्रियाशील छन् । उनले माओवादी जनयुद्धदेखि नै केही गरेर खानुपर्छ भन्ने उद्देश्यले कृषि पेशा…
सबै जिल्लाको तापक्रम उच्च तराईको जनजीवन कष्टकर

सबै जिल्लाको तापक्रम उच्च तराईको जनजीवन कष्टकर

काठमाडौं- मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ । ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा तापक्रम वृद्धि भएको देखिएको छ । यसैबीच बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा हिजो भारतको केरलामा आइपुगेको छ ।…
इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए । कोरोना महामारी…
आँखाको नानीमा नेपाल आत्मनिर्भर छ ः नेपाल आँखा बैङ्क

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ ः नेपाल आँखा बैङ्क

काठमाडौँ । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए । काठमाडौँमा आयोजित ‘आँखा दान तथा सामूहिक श्रद्धाञ्जली सभासम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइने गरेकोमा अहिले देश भित्रबाटै सङ्कलन हुने गरेको जानकारी दिए ।उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । नेपाल आँखा बैङ्कमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र १२ हजार भन्दा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.