लायन्स क्लबद्वारा नि:शुल्क शिविर सम्पन्न चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले २०८२ बैशाख २७ गते शनिबारका दिन स्थानीय लाइफ लाइन बराह पोलिक्लिनिकसंगको समन्वयमा "नि:शुल्क आँखा तथा दाँत जाँच शिविर" सम्पन्न गरेको छ । बराहक्षेत्र-७, बाङ्गे बजारमा सम्पन्न भएको उक्त शिविरमा बराहक्षेत्र-७,८,३,६ र ५ बाट सेवाग्राहीहरूले सेवा लिएको क्लबका अध्यक्ष सुजित कुमार रायले बताए । लायन्स क्लबको "हामी सेवा गर्छौँ" भन्ने मुख्य उदेश्यलाई आत्मसात गर्दै क्लबले निर्धारण गरेको 'ग्लोबल कज' को कार्यक्रमका रूपमा सो शिविर सम्पन्न गरिएको क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उक्त क्लबले स्थापनाको चौथो बर्षसम्म आइपुग्दा समाजमा दर्जनौं सर्भिसका कार्यक्रमहरू गरिसकेको छ । क्यान्सर पीडितलाई…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान 'युद्धविराम'का लागि तयार भएकामा बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्।
भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्। शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले 'युद्धविराम'मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मुख्यतया सफा छ। पछिल्लो ६ घन्टामा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। शुक्रबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ। त्यस्तै देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू-भागका एक-दुई स्थानमा…
दोधारा चाँदनी- केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए । “मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ”, उनले भने “बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।” महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गरे । “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर आउनेलगायतका रोग…
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउँदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरू हाते ट्याक्टरप्रति आकर्षित हुँदै गएका हुन् । पछिल्लो समय किसानहरू गोरुले जोत्न छोडेर आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग खेत जोत्न थालेका हुन् । गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले तीन वर्षदेखि हाते ट्याक्टरले खेत जोत्दै आएको रघुगंगा गाउँपालिका- २ राखु भगवतीका देवबहादुर खत्रीले बताए । उनले गाउँमा कृषि खेती गर्ने क्रम घट्दै गएको छ, काम गर्ने मान्छे पाउन पनि ग्राहो भएकोले यो प्रविधिले धेरैलाई कृषि खेती…
इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन ः निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भएसगैँ विधिवत रुपमा पुजाआजा गरि बिहिबार समुद्घाटन गरिएको छ । मन्दिरको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमका बिच उद्घाटन गरेको हो । नयाँ मन्दिरको समुद्घाटनसँगै बिहिबार देखि नै मन्दिरभित्रबाट पुजा आजा पनि सुरु गरिएको छ । यस अघि मन्दिर पुन ः निर्माणको क्रममा भक्तजनहरुलाई मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पुजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । अब भने भक्तजनहरुले…
दुलेगौँडा । सामाजिक कार्यमा अग्रसर हुदै आएको मेचि महाकाली बुहारी संघ तनहुँ र सन नेपाल लाईफ ईन्स्युरेन्सले संयुक्त रुपमा व्लड क्यान्सरबाट पीडित बालिकालाई सहयोग गरेको छ । जिल्लाको भिमाद नगरपालिका ९ भाटडाँडाकी चार बर्षीय विना क्षेत्रीलाई संघले २७ हजार पाँच सय रुपैयाँ उलपब्ध गराएको हो । तीन महिना अघिदेखि ब्लड क्यान्सरको उपचार गराईरहेकी क्षेत्री परिवारलाई आम्दानीको स्रोत नभएकै कारण उपचारमा समस्या भएको जानकारी प्राप्त भएपछि सहयोग गरिएको संघकी सदस्य सिर्जना खनालले जानकारी दिइन् । संघकी जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीको उपस्थितीमा पीडित बालिकाको बुवा टकबहादुर क्षेत्रीलाई सहयोग रकम उपलब्ध गराइएको थियो । बालिकाको काठमाण्डौँ स्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको बुवा…
कास्की- बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताए । नारी शक्ति जागरण आमा समूह पोखरा-१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवम् रिपोर्ट वितरण कार्यक्रममा बाथरोग अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ । बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनकोे भनाइ छ । अहिलेसम्म दुई…