बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ

काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ

काठमाडौं। पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौ जिल्ला -२६ गोगंबुस्थित सार्वजनिक यातायातबाट पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ टोखा -८ बानियाँटार बस्दै गरेका ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ -२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन्। प्रहरीका अनुसार उनीहरुले बिहिबार साँझ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार एक व्यक्तिको साथबाट ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते

भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते

भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एकआपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको छ । जसमा अहिलेसम्म २८० जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएको बताइएको छ । शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ। मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर- हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो। मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । दुर्घटनापछि उद्धार र राहत कार्य जारी छ । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनापछि रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर जानकारी लिएका थिए । उनले…
चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं- चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रधानमन्त्री नयाँ दिल्ली भएरै आज स्वदेश फर्कन लागेका हुन । भ्रमणका क्रममा द्विपक्षीय मैत्रीपूणर् सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता दुवै देशले व्यक्त गरेका छन् । सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत्, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि,…
नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रचण्डको आग्रह

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रचण्डको आग्रह

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्। ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ। लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको…
नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उनले भने, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली…
विश्वकप छनोटमा पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने ः सहायक प्रशिक्षक बसन्त

विश्वकप छनोटमा पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने ः सहायक प्रशिक्षक बसन्त

१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले जिम्बाव्वेमा हुने आईसीसी विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्समा पुग्ने रहेको बताएका छन् । जिम्बाव्बेमा जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगिसकेको छ र बिहीबार प्रशिक्षण पनि गरेको छ । ‘विश्वकप छनोट फरक प्रतियोगिता हो र यो ठूलो प्रतियोगिता पनि हो । विगमा हामीले जुन सफलता पाएका छौं । पछिल्लो समय राम्रो क्रिकेट खेलिराछौँ र त्यसलाई निरन्तरा दिनुपर्छ,’ नेपाल क्रिकेट संघले बिदाइ गरेपछि शाहीले भनेका थिए, ‘जुन किसिमले नेपाली क्रिकेटप्रेमीहरुले नेपाललाई समर्थन गर्नुभएको छ त्यसमा हामी खरो…
गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

१९ जेठ, गुल्मी । गुल्मीका किसानलाई अनुदानमा स्थानीय जातको धानको बिउ वितरण गरिएको छ । स्थानीय जातको धान बाली संरक्षण गर्ने उद्देश्यले कृषि ज्ञानकेन्द्रले किसानलाई ९० प्रतिशत अनुदानमा हंसराज जातको धानको बिउ वितरण गरेको छ । स्थानीय जातका विभिन्न बलीहरु मासेर उन्नत हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा ज्ञानकेन्द्रले किसानलाई स्थानीय जातको धानको बिउ वितरण गरेको हो । यो जातको बिउबाट धान कम उत्पादन हुने भएपनि खाना मिठो हुने कृषि ज्ञानकेन्द्र गुल्मी प्रमुख नवराज भण्डारीले जानकारी दिए । बिउ वितरणसँगै धानबालीमा लाग्न सक्ने रोग/किरा नियन्त्रण गर्न विषादी पनि वितरण गरिएको ज्ञानकेन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समयदेखि नै…
तराईमा बढ्यो अत्याधिक गर्मी

तराईमा बढ्यो अत्याधिक गर्मी

धनुषा- धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ। जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो। जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा १ सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ। घर बाहिर निस्कनै मुस्किल सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो। बेला-बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन। पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ। चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन्। गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन…
बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

काठमाडौं । सुनको भाउ पछिल्ला दिनमा झन् बढ्न थालेको छ । आज सुन अहिलेसम्मकै महँगिएको छ । शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकडर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ…
सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

काठमाडौं- मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना बेपत्ता भएका छन्। घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये गाडी चालक भने पौडिएर बाहिर निस्केको र निर्देशकसहित ३ जना बेपत्ता भएको एसपी सिलवालले जानकारी दिए। उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेका बताइएको छ। अहिले उनीहरुको खोजी भइरहेको छ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.