बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
प्रधानमन्त्री दाहाल इन्दोरमा

प्रधानमन्त्री दाहाल इन्दोरमा

इन्दोर । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विशेष विमानमार्फत इन्दोर पुगेका छन् । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे । सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए । विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन् । भ्रमणका क्रममा उनले…
मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

म्याग्दी। पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ । भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेट र पहुँचको अभावमा यो सडक ओझेलमा परिरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना हँुदै खोरियासम्म ५० किलोमिटर सडकको…
विवाह अगाडि १२ पास गर्नेलाई २० हजार नगद

विवाह अगाडि १२ पास गर्नेलाई २० हजार नगद

मकवानपुर- मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताए । उनका अनुसार कैलाश-६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश-१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश-२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने…
बजेटमा कृषिका नयाँ कार्यक्रमहरु

बजेटमा कृषिका नयाँ कार्यक्रमहरु

काठमाडौँ- सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको बताए । गत आर्थिक वर्षसम्म कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा २४ दशमलव ७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४ दशमलव १ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ । सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ । चालु आर्थिक वर्षका लागि कृषि…
मुग्लिन-मलेखु सडकखण्ड निर्माण तथा विकास कार्य सुरूवात

मुग्लिन-मलेखु सडकखण्ड निर्माण तथा विकास कार्य सुरूवात

भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरू भएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले बताए । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने ४ देखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत…
नारायणहिटी दरबार हत्याकाण्ड २२ वर्ष पुरा

नारायणहिटी दरबार हत्याकाण्ड २२ वर्ष पुरा

काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन। यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत…
गर्मीका कारण कलैया उपमहानगरपालिकाको विद्यालयहरू ७ दिन बन्द

गर्मीका कारण कलैया उपमहानगरपालिकाको विद्यालयहरू ७ दिन बन्द

बारा । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेपछि कलैया उपमहानगरपालिकाले पालिकाभित्रका विद्यालयहरूमा ७ दिन बिदा दिने निणर्य गरेको छ । कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद बणर्वालले एक विज्ञप्ति जारी गर्नुहुँदै गर्मीका कारण पठनपाठनमा समस्या सृजना हुनुको साथ साथै खास गरि बालबालिकाहरूलाई गर्मीका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि सहजताका लागि बिदा घोषणा गरिएको जनाए । निजी तथा सरकारी विद्यालयहरूमा विद्यार्थी अत्यधिक गर्मीको कारण विद्यार्थीहरूको चाप पनि घटेका हुँदा बिदा दिनुपरेको उनले बताए । तराई मधेसको जिल्लाहरूमा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीहरूलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सृजना भएको र कतिपय विद्यार्थीहरू गर्मीका कारण…
एक युवकको चक्कु प्रहारबाट २ जनाको मृत्यु

एक युवकको चक्कु प्रहारबाट २ जनाको मृत्यु

१८ जेठ, बुटवल । कपिलवस्तुमा एक युवकको चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ बर्षका मोहन थारुको चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान सवा नौ बजेतिर अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए । प्रहरीले मोहनलाई नियन्त्रणमा…
पानीपुरी खान कत्तिको स्वस्थकर छ त ?

पानीपुरी खान कत्तिको स्वस्थकर छ त ?

पहिले पहिले सामान्यतया तराईमा र उपत्यकाको निश्चित स्थानमा मात्र पाइने पानीपुरी आजभोलि हरेक गल्ली र चोकमा पाइन्छ । अझ स्कुल, कलेज पढ्ने विद्यार्थीले त दिनहुँजसो खान्छन् पानीपुरी। यसरी खुला रूपमा, बिना कुनै सरसफाइ जतासुकै बिक्री-वितरण हुने र अत्यन्त लोकप्रिय खाजा पानीपुरी खान कत्तिको स्वस्थकर छ त ? सडकमा बेचिने विभिन्न खाजा, खानेकुराहरूमध्ये पानीपुरी एउटा यस्तो परिकार हो जसबाट संक्रमण हुने सम्भावना अत्यधिक हुन्छ। पानीपुरी विशेषतः बाटोछेउमा ढल नजिकै रहेको पसलमा वा ठेलागाडामा बेच्ने गरिन्छ जहाँबाट धुवाँधुलोबाहेक हानिकारक कीटाणु/ब्याक्टेरिया समेत संक्रमण हुने सम्भावना अत्यन्त उच्च हुन्छ। वर्षायाम र गर्मीमा पानीपुरी खानु अझ धेरै खतरनाक हुन्छ किनभने यसयाममा खाद्यवस्तुमा ब्याक्टेरियाको वृद्धिका लागि…
महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

काठमाडौँ । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले तीन खेलको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.