बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
समुद्रमा यत्रतत्र छरिएर रहेको छ सुन ! किन निकालिंदैन आखिर डुबेको सुन ?

समुद्रमा यत्रतत्र छरिएर रहेको छ सुन ! किन निकालिंदैन आखिर डुबेको सुन ?

पृथ्वीका समुद्रहरुको गहिराइमा केवल रहस्यमयी जीवजन्तु वा मुगा मात्रै छैनन्,त्यहाँ सुन पनि डुबेको छ । अमेरिकी सरकारी विभाग राष्ट्रिय सामुद्रिक सेवाका अनुसार समुद्रको पिँधमा थोरै होइन २ करोडभन्दा पनि बढी सुन त्यत्तिकै बसिरहेको छ । यसको मूल्य ८ सय ट्रिलियन डलरभन्दा धेरै पर्दछ । समुद्रमा रहेको सुन यतिधेरै छ कि यसबाट विश्वमा अमेरिका जस्ता कैयन् शक्तिशाली देश बनाउन सकिन्छ । वास्तवमा समुद्रको पानीमा करोडौं टन सुन र अन्य बहुमूल्य धातुहरू डुबेको अवस्थामा छ । त्यसका अलावा दुर्घटनाग्रस्त जहाजदेखि मानिसहरुले आस्थाका कारण फ्याँकेका सिक्का लगायतका वस्तुहरु समुद्रको पिँधमा जम्मा भैरहेका छन् । कुन जहाजमा कति सुन थियो ? सन् १६४१ मा…
साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

दुलेगौँडा । तनहुँ प्रहरीले गत आईतबार म्याग्दे गाउँपालिका ६ अकलामा एक युवा घाँस काट्न रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको सुचना सवै सञ्चारमाध्यम र पत्रकारलाई पठाएको थियो । प्रहरीले पठाएको सुचना अनुसार जिल्लाभरका सञ्चार माध्यमले समाचार प्रकाशन गरेपनि यथार्थ कुरा भने बुधबार मात्र बाहिरीएको छ । उक्त घटनाका विषयमा प्रहरी सहित जिल्लाका पत्रकारहरु समेत झुक्किएको पाइएको छ । प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान गरेपछि मृत्यु भएका युवाको घाँस काट्ने क्रममा नभई अवैध रुपमा खोलामा माछा मार्ने क्रममा ज्यान गएको खुलेको हो । स्थानीयको गलत जानकारी दिएकै कारण प्रहरी झुक्किएको र सोही अनुसारको विवरण बनाई सुचना प्रशारण भएको जिल्ला…
बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ

बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ

काठमाडौं। सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका -१ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले मंगलबार काठमाडौं महानगरपालिका -३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री लुटपाट गरी भागेका थिए। मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका-५ जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको प्रहरीले…
दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन

दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन

तनहुँ- ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका-५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् । “आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ”, व्यास-५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भन्नुभयो, “यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।” प्रत्येक वर्ष वैशाख पूणर्िमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास-५ चिन्तुटारका दरै पुजारी…
कालोपत्र गरेर चिटिक्क परेको बलेवा विमानस्थलः तर जहाज चढ्न पाइने टुङ्गो छैन

कालोपत्र गरेर चिटिक्क परेको बलेवा विमानस्थलः तर जहाज चढ्न पाइने टुङ्गो छैन

बलेवा- बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो। धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन। विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलुङ-पोखरा-राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो। २६ वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो। त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे। धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो। लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका…
विश्व दूध दिवस मनाइँदै

विश्व दूध दिवस मनाइँदै

काठमाडौं- आज (बिहीबार) २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछन्। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो। आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि…
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदैछ । बिहान ११ः०५ बजेदेखि हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ । त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्…
दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने

दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने

काठमाडौं । विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ । जिल्ला अदालतको सुनुवाइ निरन्तर सर्दै गएपछि सन्दीप लामिछानेलाई भने ‘लिगल टीम’ ले नपठाउने निणर्य गरेको छ । दक्षिण अफ्रिका भ्रमणबाट छुटेका लामिछानेले नेपाली राष्ट्रिय टीमलाई दुई दिनअघि शुभकामना दिँदै शुभयात्रा लेखेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ दिएका थिए । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिकाअनुसार नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसअघि, बुधबार दक्षिण अफ्रिका पुगेको नेपाली टीमले…
प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

१७ जेठ, काठमाडौं। चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विदेशराज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक तथा झाँकी प्रदर्शन गरिएको राजदूत शंकर शर्माले ट्वीटरबाट औपचारिक रुपमा जानकारी दिएका छन् ।
अब वालिङमै शल्यक्रिया सेवा

अब वालिङमै शल्यक्रिया सेवा

स्याङ्जाको स्मार्ट सिटी वालिङमा शल्यक्रिया सेवा सुरू भएको छ। वालिङ नगरपालिकाको गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको हो। अस्पतालमा शल्यक्रिया मार्फत पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त टीमले वालिङ नगरपालिका वडा नं ६ निवासी एक गर्भवती महिलालाई आकस्मिक शल्यक्रिया सेवा प्रदान गरेको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालले जानकारी दिए। उनले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहज हुने र प्रसुतीको लागि पाल्पा पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। यो सेवालाइ…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.