बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।
कति समयको फरकमा खाना खानु राम्रो ?

कति समयको फरकमा खाना खानु राम्रो ?

व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् । सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ । हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ…
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैः उर्जा र व्यापार विषेश प्राथमिकतामा

प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैः उर्जा र व्यापार विषेश प्राथमिकतामा

काठमाडौं- चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन…
काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् । छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए । मन्त्रालयले ती स्वास्थ्य संस्थाहरूलाई ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी पनि…
सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

पोखरा ।  वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ । महिलाहरु पनि आत्मनिर्भर हुनु…
पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए । लुटेराहरु बैंक लुटेपछि मोटरसाइकल चढेर भागेका थिए । अहिले प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।
विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

काठमाडौँ- सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताए । प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गरी पुनःवितरण गरिने उनले बताए । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री डा महतले हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।
सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्ला भ्यालीमा रक क्लाइम्विङ महोत्सवको तयारी गरिएको छ । आगामी जेठ १८ र १९ गते सञ्चालन हुने सोक्ला रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए । चार सय मिटरको उँचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिने रक क्लाइम्विङको लागि २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको पाख्रिनले बताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुन लागेको सोक्ला रक क्लाइम्विङ महोत्सवको लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे…
सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका- १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो । ओछ्यानमा सुतिरहेका उनीहरुलाई आज विहान ३ बजे सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो ।
पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

कास्की- पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको अबसर पारेर संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले रत्न मन्दिर र पार्क खुल्ला हुने गरी उदघाटन गरेका हुन् । रत्न मन्दिर उद्घाटन गर्दै मन्त्री किराँतीले यहाँ रहेको मन्दिर, पार्क, यहाँबाट देखिने फेवाताल, बाराही मन्दिर उत्तरतर्फ रहेका सुन्दर हिमश्रृङखलाको दृष्य देखिने यो ठाउँलाई पोखराको प्रमुख पर्यटकीय गन्तबयको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । पोखरा ८ लेकसाईडस्थित १ सय ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कसहितको रत्न मन्दिर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमति रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्यहरु पोखरा आउँदा बस्नेगरेका थिए । लामो समय राज दरवारको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.