बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् । छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए । मन्त्रालयले ती स्वास्थ्य संस्थाहरूलाई ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी पनि…
सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

पोखरा ।  वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ । महिलाहरु पनि आत्मनिर्भर हुनु…
पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए । लुटेराहरु बैंक लुटेपछि मोटरसाइकल चढेर भागेका थिए । अहिले प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।
विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

काठमाडौँ- सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताए । प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गरी पुनःवितरण गरिने उनले बताए । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री डा महतले हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।
सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्ला भ्यालीमा रक क्लाइम्विङ महोत्सवको तयारी गरिएको छ । आगामी जेठ १८ र १९ गते सञ्चालन हुने सोक्ला रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए । चार सय मिटरको उँचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिने रक क्लाइम्विङको लागि २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको पाख्रिनले बताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुन लागेको सोक्ला रक क्लाइम्विङ महोत्सवको लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे…
सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका- १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो । ओछ्यानमा सुतिरहेका उनीहरुलाई आज विहान ३ बजे सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो ।
पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

कास्की- पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको अबसर पारेर संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले रत्न मन्दिर र पार्क खुल्ला हुने गरी उदघाटन गरेका हुन् । रत्न मन्दिर उद्घाटन गर्दै मन्त्री किराँतीले यहाँ रहेको मन्दिर, पार्क, यहाँबाट देखिने फेवाताल, बाराही मन्दिर उत्तरतर्फ रहेका सुन्दर हिमश्रृङखलाको दृष्य देखिने यो ठाउँलाई पोखराको प्रमुख पर्यटकीय गन्तबयको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । पोखरा ८ लेकसाईडस्थित १ सय ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कसहितको रत्न मन्दिर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमति रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्यहरु पोखरा आउँदा बस्नेगरेका थिए । लामो समय राज दरवारको…
‘हाम्रो दलित समाज’ शुक्लागण्डकी गठन हुने

‘हाम्रो दलित समाज’ शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगपालिका अन्तर्गत रहेका दलित समुदायले नगर स्तरीय संगठन ‘हाम्रो दलित समाज’ गठन गर्ने भएका छन् । शुक्लागण्डकी नगरपालिकामा रहेका दलित समुदायका अगुवाहरुको भेलाले नगर स्तरीय संगठन निर्माण गरि समुदायको अधिकार स्थापना र संरक्षणमा क्रियाशिल गराउने निर्णय गरेका हुन् । नगरपालिकाको १२ वटै वडामा रहेका दलित समुदाय विच एकता गराउनका लागि भरत लामगातेको संयोजकत्वमा सात सदस्यीय तसर्थ समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा दुर्गाबहादुर विक, मिनबहादुर सुवर्णकार, दिपेन्द्र परियार, ज्योति विक, रिता नेपाली र अमृता विक रहेका छन् । समितिले आगामी जेठ २१ गते वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने र कार्यसमिति चयन गरि प्रकृयामा जाने संयोजक लामगादेले…
कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

ममता गुरुङ । महिला उद्यमी संघ शुक्लागण्डकी नगर  इकाई समिति र शुक्लागण्डकी–१  थप्रेक काप्रेकका कृषक महिला दिदीबहिनीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार काप्रेकस्थित टोल भवनमा भएको अन्तरक्रियामा महिला सशक्तिकरण, सीप अभिवृद्धि तथा उत्पादित उपजको बजारीकरणको विषयमा छलफल भएको थियो । स्थानीय महिला भुमाया गुरुङले आफुहरुले उत्पादन गरेको बस्तुले बजार पाउनै मुस्किल भएको गुनासो राखिन् । काप्रेक दिदीबहिनी समूहकी सचिव दानुमाया गुरुङले चुलोचौकोमा सिमित महिलाहरुलाई आत्मनिर्भर बनाउन अहिले विदेशी सस्था हेफरले सहयोग गरेको जानकारी दिदै महिला उद्यमी समितिको पनि आफुलाई सहयोग रहने अपेक्षा गरिन् । काप्रेकमा बोडि, मह, मास, घिउ, अदुवा, बेसार, कोदो, मकै र अकबरे खुर्सानी उत्पादन हुने…
मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपाल ७ विकेटले विजयी

मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपाल ७ विकेटले विजयी

काठमाडौं । टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम मलेसियाविरुद्ध ७ विकेटले विजयी भएको छ । मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै १ सय ३ रन बनायो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अलराउन्ड प्रदर्शन गरिन् । ४ ओभर बलिङ गर्दा १६ रन खर्चिएर दुई विकेट लिएकी उनले अविजित २९ रन जोडिन् । टस जितेर ब्याटिङ थालेको मलेसियाका लागि ओपनर विनिफ्रर्ड दुराइसिनगाम र वान जुलियाले समान २० रन योगदान गरे । मास इलेसाले सर्वाधिक २८ रन र ऐन्ना हमिज हसिम १४ रनमा अविजित रहिन् । नेपालका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.