‘हाम्रो दलित समाज’ शुक्लागण्डकी गठन हुने
दुलेगौंडा । शुक्लागण्डकी नगपालिका अन्तर्गत रहेका दलित समुदायले नगर स्तरीय संगठन ‘हाम्रो दलित समाज’ गठन गर्ने भएका छन् । शुक्लागण्डकी नगरपालिकामा रहेका दलित समुदायका अगुवाहरुको भेलाले नगर स्तरीय संगठन निर्माण गरि समुदायको अधिकार स्थापना र संरक्षणमा क्रियाशिल गराउने निर्णय गरेका हुन् । नगरपालिकाको १२ वटै वडामा रहेका दलित समुदाय विच एकता गराउनका लागि भरत लामगातेको संयोजकत्वमा सात सदस्यीय तसर्थ समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा दुर्गाबहादुर विक, मिनबहादुर सुवर्णकार, दिपेन्द्र परियार, ज्योति विक, रिता नेपाली र अमृता विक रहेका छन् । समितिले आगामी जेठ २१ गते वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने र कार्यसमिति चयन गरि प्रकृयामा जाने संयोजक लामगादेले…