दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…
स्याङजा- स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयहरुमा खुशियाली छाएको छ । पैदल हिंडेर बाटोसम्म पुग्न घण्टौ समय लाग्ने उक्त स्थानमा बस पुगेपछि भने बजार तथा सदरमुकाम पुग्न सहज भएको छ । सर्केटारी, आरुखर्क, गलेम, पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क-गलेमको भीरखण्डमा ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलोपटक बस पुगेको हो । आफ्नो जन्मथलोमा पहिलोपटक बस पुगेपछी स्थानीयहरु खुसीले फूलमालाले स्वागत गरेका छन् । गण्डकी प्रदेश सरकार, संसद बिकास कोष, सर्केटारी, गलेम, पन्चासे ग्रामीण सडक उपभोक्ता समिति तथा फेदीखोला गाउँपालिकाको सहकार्यमा करिब १ करोड ४५ लाख रुपैयाँको लागतमा कडा चट्टान पार गरी गाउँमा बाटो पुर्याइएको हो…