बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका…
अब्बल बन्दै सामुदायिक विद्यालय

अब्बल बन्दै सामुदायिक विद्यालय

दुलेगौडा । सामुदायिक विद्यालयमा आफ्नो बालबालिका पढाउने अभिभावकहरु बढ्दै जान थालेको पाईन्छ । एक समय निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विच विभेद नै देखिन्थ्यो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुन्छ भन्ने आम बुझाईलाई चिर्दै तनहुँमा केही विद्यालय गुणस्तर वृद्धीमा लागेका छन् । उत्कृष्ट नजितालाई आधार बनाएर जिल्लामा पञ्चमुनीदेव माध्यमिक विद्यालय, सत्यवति मावि, निर्मल माध्यमिक विद्यालय लगायतले छुट्टै पहिचान बनाउँदा शुक्लागण्डकी नगरपालिका घारीको तालबेशी माध्यमिक विद्यालय समेत आफुलाई अब्लल श्रेणीको दावि गर्न प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक धुर्व वाग्लेले पछिल्लो बर्षहरुमा आफ्नो विद्यालयले उत्कृष्ट नजिता ल्याउन सफल भएको दावि गरे । ‘ढोरेली समाजले एसईईमा…
‘हिस्टुन शुक्लागण्डकी’ गठन

‘हिस्टुन शुक्लागण्डकी’ गठन

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका अन्तरर्गत रहेका माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरु संगठित भएका छन् । साविकको उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुको हकहित स्थापना तथा संरक्षण गर्न संगठन ‘हिस्टुन शुक्लागण्डकी’ निर्माण गरिएको कोषाध्यक्ष रोशन हमालले जानकारी दिए । समितिको अध्यक्षमा रामचन्द्र घिमिरे, उपाध्यक्षमा राजन कार्की, सचिवमा जुनमाया कार्की, कोषाध्यक्षमा हमाल चयन भएको छन् । यस्तै सदस्यहरुमा कालिका मैनाली, निर्मल पौडेल, देवेन्द्र तिवारी र महाभारत योगी रहेका छन् । उक्त भेलामा यस क्षेत्रमा रहेको १२ माध्यमिक विद्यालयका १८ शिक्षक सहभागि भएका थिए । नगरपालिका भित्र आठ वटा सामुदायिक तर्फका र निजी तर्फका चा गरि १२ माध्यमिक…
नदीले बगाएका सुकबहादुर भेटिएनन्

नदीले बगाएका सुकबहादुर भेटिएनन्

दमौली । मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका तनहुँको भानु नगरपालिका बलिफाँटाका सुकबहादुर नेपालीको शव भेट्टाउन सकिएको छैन । शनिबार सतदेवि मन्दिर निर्माणका लागि श्रमदान गर्न हिडेका नेपाली पौडी खेल्ने क्रममा बेपत्ता भएको थिए । तत्काल सुचना प्राप्त हुनासाथ निजको खोजतलासको लागी प्रहरी चौकी पुर्कोट तनहुँ, ईलाका प्रहरी कार्यालय भानु तनहुंबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, मनकामना गण भानु तनहुँबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानिय मानिसहरु समेतको संयुक्त टोली उक्त स्थानमा खटिई खोजतलास गरिरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनलाई हालसम्म फेला नपारिएकाले थप खोज र घटना सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ ।
तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

दमौली । मुग्लिन पुलजिपमा खटिएका तनहुँ प्रहरीले आईतबार लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारमा रहेको अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले १४४ एम्पुल लागुऔषध सहित बन्दिपुरका पूर्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ९७२० नम्वरको बसमा आउदै गरेको श्रेष्ठको साथबाट ४८ एम्बुल फेनारागम, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुफिन बरामद भएको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । २० बर्षीय युवालाई पक्राउ गरि थप अनुसन्धानका लागि तनहुँ अदालतबाट ६ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गण्डकी प्रदेशकै प्रवेशद्धार मानिने यस स्थानमा लागुऔषध कारोबार…
एसीमा लामो समय बस्दा स्वास्थ्यमा कस्तो असर गर्छ ?

एसीमा लामो समय बस्दा स्वास्थ्यमा कस्तो असर गर्छ ?

चर्को गर्मी, खलखल पसिना अनि काम । यस्तो बेला एयर कन्डिसनर (एसी)को चिसो तपाईं पनि सम्झिनुहुन्छ होला । अहिले सहरबजारमा कार्यालय र घरमा एसीको प्रयोग बढ्दो छ । एसीयुक्त कोठामा बस्दा हामीलाई फ्रेस महसुस त हुन्छ नै, यसले बाहिरको दूषित हावामा भएका कीटाणु र जीवाणुलाई पनि भित्र प्रवेश गर्नबाट रोक्छ । यद्यपि एसीका फाइदा मात्रै होइन, बेफाइदा पनि छन् । यसले मानव शरीरलाई मात्रै नभई वातावरणलाई पनि उत्तिकै असर गरिहेको हुन्छ । किनकि एसीबाट निस्कन रासायनिक पदार्थले ओजन तह पातलो गर्ने काम गर्छ, जसले गर्दा भविष्यमा क्यान्सर समेत हुन सक्छ । एसीमा बस्दा हुने ‘साइट इफेक्ट’ एसीयुक्त कोठा चिसो हुने…
डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । “पानी…
अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

१४ जेठ, काठमाडौं । अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ । हालसम्म जडित विद्युत क्षमता भने २०७९ असारको तुलनामा २१.७ प्रतिशतले बढेर २६ सय ६६ मेगावाट पुगेको छ । ऊर्जा उत्पादनमा भएको वृद्धिले विद्युत, ग्याँस, वाष्प र वातानुकूलित क्षेत्रको उत्पादनमा १९ प्रतिशतको विस्तार हुने आर्थिक सर्वेक्षणले देखाएको छ ।
कोशी प्रदेश ः बाहिर झडप, भित्र संसद बैठक

कोशी प्रदेश ः बाहिर झडप, भित्र संसद बैठक

१४ जेठ, विराटनगर । कोशी प्रदेशस सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।प्रदेशसभा भवन बाहिर भने प्रहरी र पहिचान पक्षधरका कार्यकर्ताबीच झडप भइरहेको छ । प्रदेशसभा भवन बाहिर कोशी प्रदेशको विरोधमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । प्रहरी प्रदर्शनकारीमाथि अश्रुग्यास पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज पनि गरेको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण विराटनगरको देवकोटा चोक र आसपासको क्षेत्र दिउँसो १ बजेदेखि…
‘विश्व अर्थतन्त्रमा आएको मन्दीको मार नेपालमा पनि’

‘विश्व अर्थतन्त्रमा आएको मन्दीको मार नेपालमा पनि’

१४ जेठ, काठमाडौं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । जसका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको अनुमान छ । मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको अर्थ मन्त्री डा. महतले बताए । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उनले यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताए ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.