बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

१५ जेठ, काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल)मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ । पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो । समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने बताए । नेपालमा बिक्रम संवत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै…
आज गणतन्त्र दिवस मनाइँदै

आज गणतन्त्र दिवस मनाइँदै

१५ जेठ, काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूणर् लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा…
‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कुल…
आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका…
अब्बल बन्दै सामुदायिक विद्यालय

अब्बल बन्दै सामुदायिक विद्यालय

दुलेगौडा । सामुदायिक विद्यालयमा आफ्नो बालबालिका पढाउने अभिभावकहरु बढ्दै जान थालेको पाईन्छ । एक समय निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विच विभेद नै देखिन्थ्यो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुन्छ भन्ने आम बुझाईलाई चिर्दै तनहुँमा केही विद्यालय गुणस्तर वृद्धीमा लागेका छन् । उत्कृष्ट नजितालाई आधार बनाएर जिल्लामा पञ्चमुनीदेव माध्यमिक विद्यालय, सत्यवति मावि, निर्मल माध्यमिक विद्यालय लगायतले छुट्टै पहिचान बनाउँदा शुक्लागण्डकी नगरपालिका घारीको तालबेशी माध्यमिक विद्यालय समेत आफुलाई अब्लल श्रेणीको दावि गर्न प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक धुर्व वाग्लेले पछिल्लो बर्षहरुमा आफ्नो विद्यालयले उत्कृष्ट नजिता ल्याउन सफल भएको दावि गरे । ‘ढोरेली समाजले एसईईमा…
‘हिस्टुन शुक्लागण्डकी’ गठन

‘हिस्टुन शुक्लागण्डकी’ गठन

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका अन्तरर्गत रहेका माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरु संगठित भएका छन् । साविकको उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुको हकहित स्थापना तथा संरक्षण गर्न संगठन ‘हिस्टुन शुक्लागण्डकी’ निर्माण गरिएको कोषाध्यक्ष रोशन हमालले जानकारी दिए । समितिको अध्यक्षमा रामचन्द्र घिमिरे, उपाध्यक्षमा राजन कार्की, सचिवमा जुनमाया कार्की, कोषाध्यक्षमा हमाल चयन भएको छन् । यस्तै सदस्यहरुमा कालिका मैनाली, निर्मल पौडेल, देवेन्द्र तिवारी र महाभारत योगी रहेका छन् । उक्त भेलामा यस क्षेत्रमा रहेको १२ माध्यमिक विद्यालयका १८ शिक्षक सहभागि भएका थिए । नगरपालिका भित्र आठ वटा सामुदायिक तर्फका र निजी तर्फका चा गरि १२ माध्यमिक…
नदीले बगाएका सुकबहादुर भेटिएनन्

नदीले बगाएका सुकबहादुर भेटिएनन्

दमौली । मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका तनहुँको भानु नगरपालिका बलिफाँटाका सुकबहादुर नेपालीको शव भेट्टाउन सकिएको छैन । शनिबार सतदेवि मन्दिर निर्माणका लागि श्रमदान गर्न हिडेका नेपाली पौडी खेल्ने क्रममा बेपत्ता भएको थिए । तत्काल सुचना प्राप्त हुनासाथ निजको खोजतलासको लागी प्रहरी चौकी पुर्कोट तनहुँ, ईलाका प्रहरी कार्यालय भानु तनहुंबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, मनकामना गण भानु तनहुँबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानिय मानिसहरु समेतको संयुक्त टोली उक्त स्थानमा खटिई खोजतलास गरिरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनलाई हालसम्म फेला नपारिएकाले थप खोज र घटना सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ ।
तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

दमौली । मुग्लिन पुलजिपमा खटिएका तनहुँ प्रहरीले आईतबार लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारमा रहेको अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले १४४ एम्पुल लागुऔषध सहित बन्दिपुरका पूर्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ९७२० नम्वरको बसमा आउदै गरेको श्रेष्ठको साथबाट ४८ एम्बुल फेनारागम, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुफिन बरामद भएको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । २० बर्षीय युवालाई पक्राउ गरि थप अनुसन्धानका लागि तनहुँ अदालतबाट ६ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गण्डकी प्रदेशकै प्रवेशद्धार मानिने यस स्थानमा लागुऔषध कारोबार…
एसीमा लामो समय बस्दा स्वास्थ्यमा कस्तो असर गर्छ ?

एसीमा लामो समय बस्दा स्वास्थ्यमा कस्तो असर गर्छ ?

चर्को गर्मी, खलखल पसिना अनि काम । यस्तो बेला एयर कन्डिसनर (एसी)को चिसो तपाईं पनि सम्झिनुहुन्छ होला । अहिले सहरबजारमा कार्यालय र घरमा एसीको प्रयोग बढ्दो छ । एसीयुक्त कोठामा बस्दा हामीलाई फ्रेस महसुस त हुन्छ नै, यसले बाहिरको दूषित हावामा भएका कीटाणु र जीवाणुलाई पनि भित्र प्रवेश गर्नबाट रोक्छ । यद्यपि एसीका फाइदा मात्रै होइन, बेफाइदा पनि छन् । यसले मानव शरीरलाई मात्रै नभई वातावरणलाई पनि उत्तिकै असर गरिहेको हुन्छ । किनकि एसीबाट निस्कन रासायनिक पदार्थले ओजन तह पातलो गर्ने काम गर्छ, जसले गर्दा भविष्यमा क्यान्सर समेत हुन सक्छ । एसीमा बस्दा हुने ‘साइट इफेक्ट’ एसीयुक्त कोठा चिसो हुने…
डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । “पानी…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.